८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लफ्याङका वृद्धवृद्धालाई जाडो छल्न फाइबरको सिरक

लफ्याङका वृद्धवृद्धालाई जाडो छल्न फाइबरको सिरक



खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ८२ वर्षमाथिका जेष्ठ नागरिकलाई सिरक वितरण गराइएको छ । महिलासँग उपप्रमुख कार्यक्रम अन्तरगत लफ्याङका ५० जना वृद्धवृद्धालाई बुधबार जाडोमा ओढ्ने फाइबरको सिरक हस्तान्तरण गरेको हो ।

जिल्लामा अत्यधिक चिसो बढेकाले जाडो छल्न वृद्धवृद्धालाई फाइबरको सिरक प्रदान गरिएको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले बताउनुभयो । “निर्धारित कार्यक्रममा जेष्ठ नागरिकलाई सम्मान गर्ने भन्ने थियो”, उहाँले भन्नुभयो, “यो मौषममा सम्मान कार्यक्रम प्रभावकारी नहुने भएकाले उक्त कार्यक्रमलाई परिमार्जन गरेर वृद्धवृद्धालाई फाइबरको सिरक प्रदान गरिएको हो ।”

महिलासँग उपप्रमुख कार्यक्रम अन्तरगत १ लाख ५० हजार बराबरको सिरक खरिद गरेर प्रदान गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखाले जनाएको छ । मध्यम वर्गका मानिसको बसोबास रहेको लफ्याङमा नगरपालिकाले सिरक उपलब्ध गराएपछि वृद्धवृद्धा खुशी भएका छन् ।

नगरपालिकाले फाइबर बाँडने भएपछि वृद्धवृद्धा लठ्ठी टेक्दै वडा कार्यालय लफ्याङ आइपुगेका थिए । कार्यक्रमस्थलमा आफै उपस्थित हुन नसकेका वृद्धवृद्धालाई आफन्तमार्फत सिरक उपठाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रवक्त एवम् वडाध्यक्ष दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो ।

रिसक हस्तान्तरण कार्यक्रममा उपप्रमुख विशन राई, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, जेष्ठ नागरिक सङ्घ खोटाङका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यसअघि वडा नं. १२ जालपाकाका वृद्धवृद्धालाई ज्याकेट प्रदान गरेको थियो ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार ००:००  ६ : ०३ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली