८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसी तुवाचुङ : राजापानीमा एकीकृत सेवा लागु एकै दिन पाँच प्रकारको सेवा प्रवाह

हलेसी तुवाचुङ : राजापानीमा एकीकृत सेवा लागु एकै दिन पाँच प्रकारको सेवा प्रवाह



खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीका नागरिकलाई एकै पटक पाँच प्रकारको सेवा प्रदान गरिएको छ । नगरपालिका र वडाको संयुक्त पहलमा सोमबार वडा कार्यालयमा एकीकृत सेवा प्रवाह कार्यक्रम राखेर सामाजिक सुरक्षा भत्तादेखि परिचयपत्र सम्मको सेवा दिईएको हो ।

कार्यक्रममा राजापानीका १ सय ५० जना ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ भने १५ वटा वडागत योजना सम्झौता गरिएको हलेसी तुवाचुङ नगरपालिकाले जनाएको छ । केही समयअगाडी स्थानीय लाभग्राहीहरु भत्ता लिन वडाबाट हलेसी तुवाचुङ पुग्नुपर्ने बाध्यता रहेको थियो । तर, अहिले नगरपालिका र वडाको संयुक्त पहलमा वडा कार्यालयबाट नै सामाजिक सूरक्षा भत्ता वितरण गर्दा लाभग्राहीहरूमा खुशियालि छाएको छ ।

आफ्नै वडाकार्यालयबाट बिना झन्झट भत्ता थाप्न पाउँदा खुशी लागेको जेष्ठ नागरिकहरूले बताएका छन् । उनिहरू भन्छन्, राजापानीदेखी हलेसी पुगेर फर्कदा भत्ताको आधा रकम भने बाटोमै खर्च हुन्थ्यो, धुल्लाम्मे सडकको बाटो पैदलहिड्दा हामिले धेरै सास्ती खेप्यौं । तर, अहिले हाम्रो घर आगनबाटै हामिलाई भत्ता थाप्ने वातावरण वडा र नगरले गरिदिदा हामिले हलेसी पुगेर आफ्नो भत्ता थाप्नु पर्ने बाध्यताको अन्त्य भएकोमा हामी धेरै खुसि भएका छौं ।

वडामै योजना सम्झौताको काम नगरपालिकाको सबैभन्दा राम्रो काम भएको र आउँदो आर्थीक वर्षहरूमा पनि यसरी नै वडामै योजना सम्झौता गरिदिए सजिलो हुने स्थानीय जसराज राईले बताउनुभयो । आफू उपभोक्ता समितिको अध्यक्ष बसेर एक लाखको ‘तल्लो वेराखा सडक मर्मत’ योजना सम्झौता गरेको छु । उहाँले भन्नुभयो ।’

कार्यक्रममा ज्येष्ठ नागरिक र अन्य गरी २ सय जनाको स्वास्थ्य परीक्षण र औषधि वितरण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगर स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले बताउनुभयो । तीस जना ज्येष्ठ नागरिकलाई परिचयपत्र, ‘क’ वर्गका आपङगता परिचयपत्र १ जनालाई, ‘ख’ वर्गको परिचयपत्र ४ जना, ‘ग’ वर्गको परिचयपत्र २ जना र ‘घ’ वर्गको अपाङगता परिचयपत्र १ जनालाई वितरण गरिएको नगरपालिकाका सामाजिक सुरक्षा शाखा प्रमुख बिजय विश्वकर्माले जानकारी दिनुभयो ।

साविकको राजापानी गाविस-१ थुम्किस्थित करिव एक वर्षदेखी प्यारालाइसेस रोगले औछ्यानमै थलिएका लोकबहादुर बुढाथोकीको घरमै पुगेर नगरउप्रमुख रमेश राउत, वडाध्यक्ष अनिस कार्की र प्रकाश घिमिरेको टोलिले ‘क’ वर्गाको अपाङ्गता परिचय कार्ड प्रदान गर्नुभएको थियो ।वडा ठूलो रहेकाले वडासम्म आउन नसकेका लाभग्राहीहरुलाई घरमै पुगेर प्रकृति अनुसार कागजात वितरण गरिएको जनाइएको छ ।


कार्यक्रममा नगरपालिकाको ‘बालिका विकास बचत’ कार्यक्रम अन्तर्गतसालपा विकास बैंकमा मुद्दती खाता खोली नियमानुसार जम्मा भए अनुसारको १७ जनामध्ये १० जनाबालिकाको आमालाई बैंक भौचर वितरण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख बीमला राईले बताउनुभयो ।

भूगोल टाढा भएकाले यहाँका नागरिकको सहजता तथा समय र श्रोतको बचतका लागि एकिकृत सेवा प्रवाह गरिएको हो । उहाँले भन्नुभयो, “आवश्यकता अनुसार अन्य वडाहरूमा एकीकृत सेवा प्रवाह गर्ने योजना रहेको छ ।” सामाजिक सुरक्षा भत्ता, ज्येष्ठ नागरिक र अपाङग परिचयपत्र तथा बालिकाको आमालाई बैंक भौचर नगरप्रमुख राईले वितरण गर्नुभएको थियो ।

एकीकृत सेवा प्रवाहमा कागजात नमिलेर/नपुगेर खासगरी भत्ता नलिई फर्केकाहरुलाई कागज मिलाएर परिवारका सदस्यलाई सिफारिस दिईने र उहाँहरुले बैंकबाट भत्ता लिएर आउने वडाध्यक्ष अनिश कार्कीले बताउनुभयो ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार ००:००  ८ : ४७ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली