८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किन गए दिक्तेल नगरका नगरप्रमुख भट्टराई जापान ?

किन गए दिक्तेल नगरका नगरप्रमुख भट्टराई जापान ?



खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई मित्रराष्ट्र जापान जानुभएको छ । नेपाल सरकारको गत ९ मंसिरको निर्णयनुसार जापानस्थित तोचिगी नगरभ्रमणमा नगरप्रमुख भट्टराई  जापान जानुभएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

शनिबार नगरप्रमुख भट्टराई त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलबाट ड्राइगन एयरलाइन्सको उडानबाट राती ११:४५ बजे जापान प्रस्थान गर्ने र जापानस्थित तोचिगि नगरपालिकासँग मित्रवत सम्बन्ध स्थापित गर्ने र दुबै नगरपालिकाको दीर्घकालीन हित र उपलब्धि हासिल हुने नगरले विश्वास लिएको विज्ञप्तिमा उल्लेख छ ।  जापानस्थित तोचिगी नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबीच स्वास्थ्य, शिक्षा, कृषि पर्यटन तथा भौतिक पुर्वाधार निर्माणका लागि सौहार्दपुर्णरूपमा सम्बन्ध स्थापित गर्ने उद्देश्यले नगरप्रमुख भट्टराई हप्तादिनका लागि औपचारिक भ्रमणमा निष्कनुभएको नगरउपप्रमुख विशन राईले बताउनुभयो ।

नगरप्रमुख भट्टराई जापानमा रहदा`मेयरसँग मेयर सम्वाद´ कार्यक्रम लगायत विभिन्न शिक्षण संस्था तथा कृषि केन्द्रको स्थलगत अध्ययन र जापनस्थित नेपाली संघ संस्थासँग अन्तरक्रिया कार्यक्रममा सहभागी हुने नगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ । जापानले स्थापना गरेको नयाँ कृषि प्रविधी तथा फोहोर व्यावस्थापनका विषयमा विज्ञसँग अवलोकन एवम् छलफल गर्ने जनाइएको छ ।

नगरप्रमुख भट्टराईको आतेजाते तथा अन्य खर्च  जापनस्थित विभिन्न संघ संस्थाहरूबाट व्यावस्थापन भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार ००:००  ११ : २९ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली