८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालिका आविको ४३ औं वार्षीकोत्सव शुरु

कालिका आविको ४३ औं वार्षीकोत्सव शुरु



प्रेम श्रेष्ठ, खोटाङ । रावाबेँसी गाउँपालिका-१ कुभिण्डे दम्कुस्थित कालिका आधारभुत विद्यालयको `४३´ औं वार्षीकोत्सव शुरु भएको छ । ‘‘लगनशिल, सिर्जनात्मक, श्रमशील विद्यार्थी, समर्पित कर्तव्यनिष्ठ शिक्षक, जीवनमुखी व्यवहारिक शिक्षा हाम्रो प्रतिबद्धता”  भन्ने मुल नाराका साथ कालिका आधारभूत विद्यालयलको ४३औँ वार्षिकोत्सव आजबाट शुरु भएको हो।

विद्यालयको आयोजाना तथा स्व. जसबहादुर राई अक्षयकोष र विभिन्न व्यक्तिहरुको प्रायोजनामा  बिहीबार विद्यालय व्यावस्थापन समितिका अध्यक्ष प्रताप राईको सभापतित्व, रावाबेँसी गाउँपालिका-१ कुभिण्डेका वडा अध्यक्ष गेहेन्द्रमान राईको प्रमुख आतिथ्यतामा वार्षिकोत्सब शुरु भएको विद्यालयले जनाएको छ ।

पहिलो दिन कुभिण्डेका साबिकका वडास्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । भलिबल खेलमा १० टिम सहभागी भएको छ भने  आज ३ खेल सम्पन्न भएको छ ।

शुक्रबार रावाबेँसी गाउँपालिका भित्रको विद्यालयहरू बीच  कक्षा १–५ को हिसाब दौड, आ.वि. कक्षा ६–८ चित्रकला प्रतियोगिता लगायतका कार्यक्रम हुने भएको छ । यो कार्यक्रम माघ ८ गते सम्पन्न हुने भएको छ ।

माघ ८ गते प्रतिनिधि सभा सदस्य रामकुमार राई (पाषाङ) को प्रमुख आतिथ्यमा, प्रदेश सभा सदस्य पाँचकर्ण राई (पिके)  र रावाबेँसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठको विशेष  आतिथ्यमा विभिन्न कार्यक्रहरुका साथ सम्पन्न हुने जनाइएको छ । सोही दिन खुल्ला सामुहिक नृत्य, पूर्व प्रधानाध्यापकहरुलाई सम्मान कार्यक्रम, अभिभावक तथा अतिथिलाई तातो आलु प्रतियोगिता लगायत  विभिन्न कार्यक्रम गरी वार्षिकोत्सब सम्पन्न  गरीने भएको छ ।

वि.स.२०३६ सालमा उक्त विद्यालय  स्थापना भएको थियो ।  विद्यालयले पहिलोपटक वार्षिकोत्सव मनाउन सुरु भएको हो ।  कार्यक्रम २०७८ सालमै आयोजना हुने मिति निर्धारण भएको थियो तर, कोरोनाका कारण उक्त कार्यक्रम प्रभावित हुन पुगेको र अहिले सोही कार्यक्रमलाई पुर्णता  दिइएको  प्रधानाध्यापक टिकाराम राईले जानकारी दिनुुभयो । प्रधानाध्यापक राईका  अनुसार हालै स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई अतिथिका रुपमा आमन्त्रित गरेर शिक्षासम्बन्धि परामर्श लिइने, जनप्रतिनिधिसँग शिक्षालाई अझ थप प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विशेषमा जोड दिइने  विद्यालयका प्रधानाध्यापक टिकाराम राई बताउनु भयो ।

सोही दिन  गायिका बविना किराती तगायतका कलाकारहरुको उपस्थितीमा विशेष साँङ्गीतिक कार्यक्रम समेत हुने भएको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार ००:००  ७ : ५९ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली