८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङ : चोरीमा संलग्न तीन जना पक्राउ

खोटाङ : चोरीमा संलग्न तीन जना पक्राउ



खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई स्थानमा घर फोडेर चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दुई घरबाट नगद, सुन, चाँदी,पुराना सिक्का, लत्ता कपडा गरी करीब ९ लाख बराबरको चोरी गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १९ वर्षीय कृष्ण विश्वकर्मा, ३९ वर्षीय पर्शुराम विश्वकर्मा र वडा – ४ खाल्लेका २२ वर्षीय इन्द्र विश्वकर्मा रहेका छन् । तीन मध्ये कृष्णलाई सुरुमा पुस २८ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पर्शुराम राईले जानकारी दिनुभयो । कृष्णको बयानका आधारमा अन्य दुईलाई २९ गते पक्राउ गरिएको उहाँको भनाइ छ ।

मंसिर १३ गते लफ्याङको घिमिरे चोकस्थित एक घरमा नगद, सुन, लत्ता कपडा लगायत पुराना मुल्यवान सिक्कासमेत गरी रु ५ लाख ७१ हजार बराबरको चोरी भएको उजुरी प्रहरीकोमा आएको थियो । मंसिर २० गते दिक्तेल बहुमुखी क्याम्पस नजिक एक घारबाट सुन, चाँदी, पुराना सिक्का गरी ३ लाख ७२ हजार बराबरको चोरी भएको भन्दै उजुरी आएको थियो । पक्राउ परेका इन्द्र विश्वकर्माको घरबाट चोरी भएका केही नगद र सामानहरु प्रहरीले बरामदसमेत गरेको जनाइएको छ ।

प्रहरीको अनुसन्धानबाट उक्त दुई घरको चोरी गर्ने सोही तीन जना रहेको खुलेकाले पक्राउ गरी जिल्ला अदालतबाट म्याद थपेर थप अनुसन्धान भइरहेको सुचना अधिकारी राईले बताउनुभयो ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार ००:००  ६ : ४१ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली