११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसी : किशोरी मृत प्रकरणमा एकजना पक्राउ

हलेसी : किशोरी मृत प्रकरणमा एकजना पक्राउ



खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीया किशोरी रञ्जिता दाहालको मृत्यु प्रकरणमा एकजना पक्राउ परेका छन् । किशोरी मृत अवस्थामा फेला परेपछि अनुसन्धानबाट रावाबेँसी  गाउँपालिका–५ दुवेकोलका २५ वर्षीय अनन्त बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

बिकलाई बुधबार महादेवस्थान काभ्रेस्थित घरैबाट नियन्त्रणमा लिई ज्यान सम्बन्धी कसूर अन्तर्गत शुक्रबार जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

बालिका महेन्द्रोद्धय माबि हलेसीमा कक्षा १० मा अध्ययनत थिईन् । ३ माघदेखि विद्यालयमा आयोजना गरिएको नगरस्तरिय भलिबल, फुटबल र नृत्य प्रतियोगीताको तयारीका लागि रञ्जिता गाउँकै साथीसँग विद्यालय पुगेकी थिईन् ।

प्रतियोगीताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो साँढे तीन बजेतिर घर फर्केकी थिईन् । बाटैमा पर्ने साथीको घरमा रोटी खान आग्रह गर्दा हतार छ भन्दै रोटी बोकेर हिँडेकी वालिका घरभन्दा करिब दुई सयमिटर टाढा मृत फेला परेकी थिइन ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार ००:००  १० : ०१ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली