८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिप्रुङ चुइचुम्मा : जेष्ठ नागरिकलाई जाडो छल्न सिरक वितरण

दिप्रुङ चुइचुम्मा : जेष्ठ नागरिकलाई जाडो छल्न सिरक वितरण



खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो सिरक वितरण गरेको छ । गाउँपालिकाको लक्षित वर्ग कार्यक्रम अन्तरगत ८३ वर्षमाथिका ज्येष्ठ नागरिकलाई जाडो छल्न फाइवरको न्यानो सिरक वितरण गरेको हो ।

जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तरगत सोमबार वडा नं.–१ याम्खास्थित वडा कार्यालयमा आयोजित कार्यक्रममा २० जना ज्येष्ठ नागरिकलाई फाइवरको सिरक वितरण गरिएको वडा सचिव प्रकाशचन्द्र राईले जानकारी दिनुभयो । वडाको रु ५० हजार बजेटबाट ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको जनाइएको छ ।

ज्येष्ठ नागरिकलाई गाउँपालिका प्रमुख लोकेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राई, याम्खाका वडाध्यक्ष केशवकुमार खत्री लगायतले सिरक वितरण गर्नुभएको थियो । चिसो मौसममा न्यानो सिरक पाएपछि ज्येष्ठ नागरिक हर्षित भएका छन् ।

गाउँपालिकाको लक्षित वर्गको कार्यक्रम अन्तरगत समाजका अगुवा, जेष्ठ नागरिक लगायतलाई सम्मान गरिएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । गाउँपालिकाले लक्षित वर्गका सबैलाई यसरी नै सम्मान गर्दै जाने जनाइएको छ ।

यसअघि, यहि कार्यक्रम अन्तरगत वडा नं.–२ डाडाँगाउँका ६७ जना र वडा नं.–७ टेम्माका ५० जना ज्येष्ठ नागरिकलाई फाइवरको सिरक दिएर सम्मान गरिएको थियो । जिल्लाका अन्य स्थानीय तहले पनि विभिन्न कार्यक्रमका साथ जेष्ठ नागरिकलाई सम्मान गरिरहेका छन् ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार ००:००  २ : ५० बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली