८ श्रावण २०८१, मंगलबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कविता : बिरामी सरकार

कविता : बिरामी सरकार



✍️मौसम आचार्य 
म जलिरहेको छु सरकार ,
चिसोले बिरामी भएको
तपाईंको  शरिर
न्यानो बनाऊँन  ।
तर,  नलेख्नुस तपाईंका कापिरहेका
हातहरुले मेरो जलिरकेको तस्बिर राखेर
हार्दिक श्रद्धाञ्जली
बरु आउनुस सरकार
एक मुठि माटो बोकेर
मट्टी दिने नाटक गरेर
जलिरहेको मेरो चितामाथि
चिसिएका तपाईका हात सेकाउन
माफ गर्नु सरकार
म पनि खरानी बन्नु छ
सधै न्यानो बनाईरहन सक्दिन
बरु डुलिरहनुस्
कहिले संसद भवन
कहिले माइतिघर
कहिले सिंहदरबार अगाडि
कोहि फेरि तपाईंका लागि जल्दै पो छ कि ?

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार ००:००  ४ : १८ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली