८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिक्तेल: नगरप्रमुख भट्टराईले दिए जापानकी नगरप्रमुख हिदेकोलाई चिण्डो उपहार

दिक्तेल: नगरप्रमुख भट्टराईले दिए जापानकी नगरप्रमुख हिदेकोलाई चिण्डो उपहार



खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले जापानको तोचिगी नगरपालिकाका नगरप्रमुख ओखावा हिदेकोलाई नेपाली मौलिक सँस्कृति, पहिचान र राष्ट्रियता झल्कने सामग्री उपहार स्वरुप प्रदान गर्नुभएको छ । मैत्रीपूर्ण भ्रमणका क्रममा जापान पुग्नुभएका नगरप्रमुख भट्टराईले तोचिगी नगरप्रमुख हिदेकोलाई किराँत समुदायको सँस्कार एवम् सँस्कृतिसँग सम्बन्धित वाबु (चिन्डो), चोयाबाट बनेको भुने तथा थुन्से, नेपालको हिमालको फोटो, बुद्धको मूर्ति, एकसिङ्गे गैँडाको मूर्ति, दुई देशको झण्डा अङ्कित लोगो (चिन्ह) लगायतका उपहार प्रदान गर्नुभएको हो ।

भेटघाटका क्रममा नगरप्रमुख भट्टराईले नगरप्रमुख हिदेकोलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भ्रमणका लागि औपचारिक रुपमा निमन्त्रणासमेत दिनुभएको छ । “जापानको सडक, शिक्षा, कृषि, फोहर व्यवस्थापन र सरसफाइ, अतिथि सत्कारको सँस्कृति, कामप्रतिको लगाव र कर्तव्यबोध गर्ने जापानी नागरिकको विषयमा जति बढेको र सुनेको थिएँ !”, नगरप्रमुख भट्टराईले भन्नुभयो, “यहाँ (जापान) आएर प्रत्यक्ष हेरेपछि मैले पढेको र सुनेकोभन्दा धेरै गुणा बढी ज्ञान तथा अनुभव गर्ने अवसर प्राप्त भएको छ । यसले मलाई थप उर्जा मिलेको छ । कार्यक्षेत्र फर्किएर कार्यान्वयनमा ल्याउछु ।”

गत मङ्सिर–९ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार नगरप्रमुख भट्टराई गत पुस–२९ गते भ्रमणका लागि जापान जानुभएको थियो । जापान भ्रमणका क्रममा नगरप्रमुख भट्टराई र ओखावा हिदेकोबीच  बिहीबार  औपचारिक भेटघाट भएको हो ।

नगरप्रमुख भट्टराईको स्वागतमा तोचिगी नगरको गेटदेखिभित्र नेपाल र जापानको राष्ट्रिय झण्डा लहरै राखिएको थियो । भट्टराई गेटबाट प्रवेश गरे लगत्तै दायाँ÷बायाँ बसेका कर्मचारीले नेपाल र जापानको राष्ट्रिय झण्डा हल्लाउँदै स्वागत गरेका थिए ।

खोटाङका शैक्षिक अभियान्ता सूर्यबहादुर राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र फोटो राख्नुहुँदै नगरप्रमुख भट्टराईले आफ्नो नगर र आफ्नो देशको मौलिक, साँस्कृतिक पहिचानजन्य सामग्री जापान पु¥याउनु गौरवको विषय भएको प्रतिक्रिया दिनुभएको छ । नगरप्रमुख भट्टराईले तोचिगी नगरका नगरप्रमुख सामु नेपाल र जापानको घनिष्ठ र मित्रवत सम्बन्ध अमर बनाउन तोचिगी आएको बताउनुभएको छ ।

तोचिगी नगरले नगरप्रमुख भट्टराईलाई दिएको सम्मानले गौरवान्वित बनाएको आरआरएनए तोचिगी अध्यक्ष मन्दीप क्षेत्रीले बताउनुभएको छ । तोचिगीमा १५ वर्षदेखि बसेर एसएमएस सञ्चालन गर्दै आउनुभएका महेश लुईटेलले नगरप्रमुख भट्टराईलाई दिएको सम्मान यसअघि तोचिगीको सरकारीस्तरमा कहिल्यै नभएको प्रतिक्रिया दिनुभएको छ ।

दुई नगरका प्रमुखबीचको भेटले दीर्घकालीन सम्बन्ध स्थापित गर्न कोसेढुङ्गा सावित हुने र भगिनी सम्बन्ध स्थापित हुने सङ्केतका मिलेको शेर्पा ट्रेडलिङक कम्पनी जापानका अध्यक्ष निमा शेर्पाले बताउनुभयो । नगरप्रमुख भट्टराई अहिले खोटाङमा जन्मिएर जापानमा कार्यक्षेत्र बनाएर बसेका नेपालीहरुसँग भेटघाट गरिरहनुभएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार ००:००  ७ : ०९ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली