११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिक्तेल नगरपालिका : आँखा शिविरबाट ११ सय ३७ जनाले आँखा परिक्षण गराए, ६४ जनाको मोतिविन्दुको शल्यक्रिया

दिक्तेल नगरपालिका : आँखा शिविरबाट ११ सय ३७ जनाले आँखा परिक्षण गराए, ६४ जनाको मोतिविन्दुको शल्यक्रिया



खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरेको निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा ११ सय बढीले सेवा लिएका छन् । जिल्ला आयुर्वेद अस्पतालमा  तीन दिनसम्म सञ्चालन गरिएको शिविरमा ११ सय ३७ जनाले आँखा परिक्षण गराएका हुन ।

शिविरमा ६४ जनाको शल्यक्रिया गरिएको छ भने १ सय ३ वर्षका बृद्धदेखि दुवै गोडा नभएका अपांगता भएका ब्यक्तिसम्मको शिविरमा शल्यक्रिया गरिएको दिक्तेल रुपाकोट मझुवागढी  नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।

जिल्ला अस्पताल चोक निवासी १ सय ३ वर्षिय खड्ग बहादुर रातको सफलता पूर्वक सम्पन्न भएको छ । जन्मजातै अपांगता भएका (दुवै गोडा) नभएका रावा बेसी गाउँपालिका–६ हौँचुरका ६० वर्षिय पुर्ण गुरुङको पनि आँखाको मोतिविन्दुको शल्याक्रिया गरिएको छ ।
शिविरमा ९ जनाको टेरिजिएम शल्यक्रिया, ३ जनाको इन्ट्रोपिएन शल्यक्रिया गरिएको छ । सोही शिविरमा हेल्पिङ हेण्ड अस्पताल काठमाण्डौको सहयोगमा नेपाल नेत्र ज्याति संघ खोटाङमार्फत ४०० जनालाई निःशुल्क चश्मा वितरण गरिको जनाइएको छ ।

यस्तै, नगरपालिकाको आग्रहमा सोल्मामा अवस्थित शुभद्रा मदन फाउण्डेसनमा प्राध्यापक डाक्टर आनन्द कुमार शर्माको नेतृत्वमा शिक्षण सहायक हिरानाथ दाहाल लगायतको टोलिले फाउण्डेशनमा नै पुगेर ९३ जना विद्यार्धी तथा कर्मचारीको आँखा परिक्षण एवंम् परामर्श सेवा प्रदान गरिएको नगरप्रमुख भट्टराईले बताउनुभयो ।

विपि कोइराला लाइन्स आँखा अध्ययन केन्द्र माहाराजगञ्जका सह–प्राध्यापक डाक्टर रञ्जु खरेल सिटौलाको नेतृत्वमा १३ जना चिकित्सकको टोली आँखा जाँच तथा शल्यक्रिया गरेका थिए । आँखामा गम्भिर समस्या भई अन्य सुविधा सम्पन्न अस्पतालमा उपचार गराउन नसक्नु भएका जिल्लावासीको सेवाका लागि शिविर आयोजना गरिएको नगरप्रमुख भट्टराईले बताउनुभयो ।
आँखा शिविर सम्पन्न पश्चात अब नगरपालिकाले मुटु र मृगौला सम्बन्धि शिविरको तयारी गरेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार ००:००  ८ : ३९ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली