८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार चिसाङ शेर्पा (पुर्वेली) आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत

पत्रकार चिसाङ शेर्पा (पुर्वेली) आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत



खोटाङ । खोटाङ उद्योग वाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार–२०७९’बाट पत्रकार चिसाङ शेर्पा पुरस्कृत भएका छन् ।

शनिबार संघको २५ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशन र सचिवालय भवन उद्घाटनका क्रममा पत्रकार शेर्पा पुरस्कृत भएका हुन् ।

<span;>पत्रकार शेर्पालाई नगद ५ हजार र सम्मान पत्र प्रदान गरेर पुरस्कृत गरिएको खोटाङ उधोग वाणिज्य संघका महासचिव मनोज कुमार वजिमयले जानकारी दिए ।
शेर्पाले खोटाङको व्यवसाय क्षेत्रलाई समेटेर समाचार सम्प्रेषण गरी चलाउनु भएको कलमको उच्च कदर गर्दै पुरस्कार प्रदान गरिएको खोटाङ उधोग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले बताउनुभयो ।

पत्रकार शेर्पालाई प्रतिनिधिसभा सदस्य रामकुमार राई `पासाङ´ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र संघका अध्यक्ष राईले पुरस्कार प्रदान गर्नुभएको थियो ।

शेर्पा जिल्लाबाट सञ्चालन भईरहेको समायोजन खबर डटकमका सञ्चालक तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङका सह–सचिव हुन् । उनी हिमालय टाइम्स, अन्नपूर्ण मिडिया नेटवर्क र सुर्योदय टेलिभिजनमा आवद्ध छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार ००:००  ७ : ३७ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली