११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिप्रुङ : गाउँपालिका राष्ट्रिय महासङ्घ कोशी प्रदेश कार्यसमिति सदस्यमा अध्यक्ष राई चयन

दिप्रुङ : गाउँपालिका राष्ट्रिय महासङ्घ कोशी प्रदेश कार्यसमिति सदस्यमा अध्यक्ष राई चयन



खोटाङ । जिल्लास्थित दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राई गाउँपालिका राष्ट्रिय महासङ्घ कोशी प्रदेश कार्यसमिति सदस्यमा चयन हुनुभएको छ । बिराटनगरमा मङ्गलबार सम्पन्न महासङ्घको दोस्रो अधिवशेनले राईलाई सर्वसम्मत सदस्यमा चयन गरेको हो ।

गाउँपालिका अध्यक्ष  राई नेकपा एमाले खोटाङका सचिवालय सदस्य हुनुहुन्छ । गाउँपालिका प्रमुख राई गाउँपालिका राष्ट्रिय महासङ्घको सदस्यमा चयन भएपछि सामाजिक सञ्जालमार्फत बधाई दिनेक्रम शुरु भएको छ ।

राजनीतिक भागबण्डाको आधारमा चयन गरिने गाउँपालिका राष्ट्रिय महासङ्घको अन्य पदाधिकारी चयन गर्न बाँकी रहेको जनाइएको छ । नेपाली काँग्रेसले अध्यक्ष र उपाध्यक्षसहित दश सदस्य, नेकपा एमालेले सचिव र सहसचिवसहित सात सदस्य र नेकपा (माओवादी केन्द्र)ले कोषाध्यक्षसहित तीन सदस्य र नेकपा (एकीकृत समाजवादी)ले एक सदस्य प्राप्त गर्नेछन् ।

महाधिवेशनले पाँच पदाधिकारीसहित २१ सदस्यीय कार्यसमिति चयन गर्ने जनाइएको छ । महाधिवेशनमा कोशी प्रदेशका ८८ गाउँपालिकाका प्रमुखहरु सहभागी भएका छन्

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार ००:००  ७ : १९ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली