८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दर्ता नगरी सञ्चालन भइरहेका तीन औषधि पसल सिल

दर्ता नगरी सञ्चालन भइरहेका तीन औषधि पसल सिल



खोटाङ । दर्ता नगरी सञ्चालन भइरहेका तीन औषधि पसल सिल गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा सञ्चालन भइरहेका तीन पसलमा औषधि व्यवस्थापन बिभाग शाखा कार्यालय विराटनगरले सिल गरेको हो ।
विभागमा दर्ता गरेर मात्र औषधि पसल सञ्चालन गर्नु पर्ने भए पनि तीन पसलले दर्ता नगरेका कारण सिलबन्दी गरिएको बिभागमा कार्यरत नायब सुब्बा हरीस सुबेदीले जानकारी दिनुभयो । बिहिबार अनुगमनको क्रममा दिक्तेल बजारमा सञ्चालित अपोगी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रालि, ॐ हलेसी मेडिकेयर क्लिनिक र न्यु हलेसी मेडिकेयर क्लिनिक एण्ड मन्सु फार्मेसी दर्ता नभएको पाइएपछि सिलबन्दी गरिएको सुबेदीले बताउनुभयो ।

विभागमा आवश्यक कागजातसहित उपस्थित भएर दर्ता गरेपछि मात्र पसल खोलिने बिभागले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार ००:००  ३ : १६ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली