१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केपिलासगढी गाउँपालिकामा रोग पहिचान गर्न निशुल्क स्वास्थ्य शिविर, ८ सय बढीले लिए सेवा

केपिलासगढी गाउँपालिकामा रोग पहिचान गर्न निशुल्क स्वास्थ्य शिविर, ८ सय बढीले लिए सेवा



खोटाङ । केपिलासगढी गाउँपालिकाले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँपालिकाको आयोजना तथा काठमान्डौ मेडिकल कलेजको सहयोगमा दुई दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

सोमबार बाक्सिलास्थित पृथ्वी माध्यामिक विद्यालयमा भएको स्वास्थ्य शिविरको पहिलो दिन ८ सय ७५ जना सेवाग्राहिले सेवा लिएको गाउँपालिकाले जनाएको छ । सबै प्रकारका सेवा लिन सेवाग्राहिलाई अध्यक्ष राईले अनुरोध गर्नुभएको छ ।स्वास्थ्य शिविरमा जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, मानसिक तथा नशा रोग, हाडजोर्नी तथा नशा, छाला रोग, नाक, कान, घाटी, आँखा रोग, दन्त रोग, इसिजि, भिडियो एक्सरे, ल्याव टेस्ट सेवा, मृगौला सम्बन्धी रोग र मुटु रोगसहित १५ किसिमको रोगको उपचार तथा पहिचान भएको गाउँपालिकाले जनाएको छ ।

रोग पहिचान गरेर नागरिकलाई स्वास्थ्यको हक प्रत्याभूत गर्न निशुल्क शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष समीर राईले बताउनुभयो । ‘शिविरमा आवश्यक पर्ने औषधि व्यवस्थापन गरेका छौं । सेवाग्राहीका लागि शिविरमा आउन तथा उपचार पछि घर फर्कन सहज होस भनेर हामिले एक वटा बस रिर्जभसमेत गरेका छौं । ‘शिविरबाट शल्यक्रिया गर्नुपर्ने विरामी पहिचान भएमा ५० प्रतिशत छुट लिएर काठमान्डौ मेडिकल कलेजमा लगेर निशुल्क उपचार गरिदिने व्यवस्था मिलाईएको छ । अध्यक्ष राईले भन्न्ुभयो, “उपचार गर्नका लागि बिरामीलाई आवतजावत गर्ने खर्च गाउँपालिकाले व्यहोर्ने छ ।”

कार्यक्रलाई सम्बोधन गर्दै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गुञ्जन कार्कीले निःशुल्क स्वास्थ्य शिविरबाट अधिकतम लाभ लिन सेवाग्राहीलाई आग्रह गर्नुभयो । शिविरका लागि काठमाण्डौ मेडिकल कलेजबाट २६ जना चिकित्सकको टोली बाक्सिलामा आएका छन् । शिविरमा स्वास्थ्य जाँच तथा उपचारका लागि आएका नागरिकलाई गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको सहयोगमा काठमाण्डौ मेडिकल कलेजका चिकित्सकहरुले परीक्षण तथा उपचार गरेका छन् ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य, नेवेल मेडिकल बिराटनगर कलेज एवम् काठमाडौं मेडिकल कलेज (केएमसी) का सञ्चालक डाक्टर शुनिल शर्मा र गाउँपालिकाबीच सम्झौता भएको छ । कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि युवा नेता सुवासकुमार पोख्रेल खोटाङका उपसभापति एवम् हलेसी तुवाचुङ नगरपालिकाका निवर्तमान नगरप्रमुख इवन राई, नेकपा एकीकृत समाजवादी खोटाङ सह-सचिव माइतीराज राईलगायतको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार ००:००  ८ : ४५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली