१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लागू औषध दुर्व्यसनी रोकथाम सम्बन्धि जनचेतनामूलक कार्यक्रम

लागू औषध दुर्व्यसनी रोकथाम सम्बन्धि जनचेतनामूलक कार्यक्रम



खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला प्रहरी कार्यालय खोटाङको सहकार्यमा लागु औषध सेवन तथा दुर्व्यसन नियन्त्रण सम्बन्धि विद्यार्थीलाई प्रशिक्षण दिएको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका -१५ विजयखर्कस्थित पन्चकन्या माध्यमिक विद्यालयमा अध्यानरत कक्षा ७-११ सम्मका  विद्यार्थीहरुलाई प्रशिक्षण दिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यार्थीलाई लागु औषध भनेको के हो? व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ?  लागु औषध मानिसहरूले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ? सेवनकर्ताहरुमा लागु औषधको सेवन पश्चात् के कस्ता लक्षणहरू देखा पर्दछन्?  यसको कुलतमा फसेकाहरूलाई कसरी सुधार गर्ने सकिन्छ? लगायत बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको बताइएको छ ।

लागू औषध दुर्व्यसनका कारणहरुबारे विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको थियो।शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर-५ लफ्याङ स्थित श्री माध्यामिक विद्यालय बास्बोटेमा “लागुऔषध दुर्व्यसनी रोकथाम तथा न्युनिकरण“ सम्बन्धी जनचेतनामुलक कार्यक्रम तथा सम्पन्न भएको प्रमुख मुकारुङले बताउनुभयो ।

सहायक प्रहरी निरीक्षक सिर्जना राईको कमाण्डमा खटिएको प्रशिक्षक टोलिले सोही विद्यालयमा “यौनजन्य हिंसा रोकथाम तथा न्युनिकरण“ सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको थियो ।

तस्वीर : जिल्ला प्रहरी कार्यालय खोटाङ

जिल्लाको सबैभन्दा ठूलो नगरपालिका रहेको दिक्तेलका पन्द्र वटै वडामा यो अभियान सञ्चालन गरिने प्रमुख प्रहरी नायव उपरीक्षक मुकारुङले जानकारीदिनुभयो ।

कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई विद्यालयका प्रधानाध्यापक वडा-४ खाल्लेका वडाअध्यक्ष खगेन्द्र राई वडा-५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे शिक्षक अभिभावकलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार ००:००  ८ : ३५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली