११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गणतन्त्र दिवसको अवसर पारेर खोटाङमा रक्तदान कार्यक्रम

गणतन्त्र दिवसको अवसर पारेर खोटाङमा रक्तदान कार्यक्रम



खोटाङ । पन्ध्रौँ गणतन्त्र दिवसको अवसर पारेर खोटाङको दिक्तेलमा आइतबार बृहत रक्तदान कार्यक्रममा आयोजना गरिएको छ । गणतन्त्र दिवस मूल समारोह समिति खोटाङले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङसँगको सहकार्यमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा १७ जना दाताले रक्तदान गरेका छन् ।

जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले रक्तदान गरेर उद्घाटन गर्नुभएको कार्यक्रममा राष्ट्रिय भूमि आयोग खोटाङका अध्यक्ष सुरेशकुमार राई, सशस्त्र प्रहरी बल हलेसी गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण बम, जनता समाजवादी पार्टीका प्रदेश समन्वय समिति सदस्य नवीन राई, रेडक्रस खोटाङका मन्त्री छत्रकुमार बजिमय लगायतले रक्तदान गरेका छन् । गणतन्त्र दिवसको अवसरमा आयोजना गरिएको बृहत रक्तदान कार्यक्रममा सङ्कलन भएका रगत जिल्ला अस्पताल दिक्तेलमा रहेको सङ्कलन केन्द्रमा जम्मा गरेर आवश्यक परेका व्यक्तिलाई निःशुल्क वितरण गरिने आयोजकले जनाएको छ ।

गणतन्त्र दिवस मूल समारोह समितिले जिल्लामा विभिन्न कार्यक्रमगरी तीन दिनसम्म दिवस मनाउने निर्णय गरेको छ । जेठ–१४, १५ र १६ गते जिल्लास्थित सबै सरकारी कार्यालय तथा व्यक्तिको घरमा राष्ट्रिय झण्डा फहराउने र साँझ दीपावली गर्ने, जेठ–१५ गते सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिकस्थलहरुको सरसफाइ गर्ने र अन्तिम दिन जेठ–१६ गते ‘गणतन्त्र’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।

यसैबीच, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्री बजिमयले जिल्लामै सबैभन्दा बढी ५२ औँ पटक रक्तदान गरेको दाबी गर्नुभएको छ । “वि.सं. २०६१ सालमा पहिलो पटक रक्तदान गरेको थिएँ ! गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा रक्तदान गरेसँगै मेरो रक्तदान ५२ औँ पटक पुगेको छ”, उहाँले भन्नुभयो, “रगतबिनाको जीवन कल्पना पनि गर्न सकिँदैन । रक्तदान गरेर आकस्मिक कारणले अकालमा ज्यान जान लागेका धेरै मानिसको जीवन बचाउन सफल भएको छु ।”

प्रमुख जिल्ला अधिकारी सेढाईले २३ औँ, जनता समाजवादी पार्टीका प्रदेश समन्वय समिति सदस्य नवीन राईले २० औँ, सशस्त्र प्रहरी नायब उपरीक्षक बमले १२ औँ, भूमि आयोगका अध्यक्ष राईले छैटौँ र समन्य समिति प्रमुख राईले चौथो पटक रक्तदान गरेको बताएका छन् । स्व–इच्छाले रगत दान गर्नुलाई रक्तदान भनिन्छ भने, नेपालमा वि.सं. २००० सालदेखि रक्तदानको शुरुवात भएको इतिहास छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार ००:००  ३ : ४१ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली