५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्युत मर्मत गर्दा लडेर गम्भीर घाइते बनेका प्राविधिकको हेलिकप्टरमार्फत उद्धार

विद्युत मर्मत गर्दा लडेर गम्भीर घाइते बनेका प्राविधिकको हेलिकप्टरमार्फत उद्धार



खोटाङ । विद्युत मर्मत गर्नेक्रममा पोलबाट लडेर गम्भीर घाइते पुरुषको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ३२ वर्षीय मिननाथ दाहालको हेलिकप्टरमार्फत बिहीबार दिउँसो उद्धार गरिएको हो ।

दाहालको घर नजिकै काँडेमा पुरानो तार अर्थात नाङ्गो तार हटाई एविसी केवल लगाउनेक्रममा पंच मास्टर पोल खुस्किएर दाहाल बिहान नौँ बजे लडेर गम्भीर घाइते भएका थिए । घाइते दाहाललाई विद्युत प्राधिकरण र स्थानीयको सहयोगमा जिल्ला अस्पताल पु¥याइए पनि उपचार सम्भव नभएपछि काठमाडौँ पठाइएको विद्युत प्राधिकरण खोटाङका प्रमुख विजयराज रेग्मीले बताउनुभयो ।

घाइते दाहाललाई अहिले काठमाडौस्थित बि एण्ड बि अस्पतालमा भर्ना गरेर उपचार शुरु गरिएको आफन्तले जनाएका छन् । करिब १२ वर्षदेखि विद्युतमा दैनिक ज्यालादारीको रुपमा काम गर्दै आएका दाहालको श्रीमतीसहित एक छोरा र एक छोरी छन् ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार ००:००  १ : २३ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली