९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसी : ग्यासको आयतलाई प्रतिस्थापन गर्न निःशूल्क विद्युतीय चुलो वितरण

हलेसी : ग्यासको आयतलाई प्रतिस्थापन गर्न निःशूल्क विद्युतीय चुलो वितरण



खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले ग्यासको आयतलाई प्रतिस्थापन गर्न निःशूल्क विद्युतीय चुलो वितरण गरेको छ नगरपालिकाले यो वर्षमा १ सय ३९ जना शिक्षिका र १७ जना पूर्व महिला जनप्रतिनिधिलाई विद्युतीय इन्फ्रारेड चुलो प्रदान गरेको हो ।

चालु आर्थिक वर्ष २०७९/०८० मा नगरपालिकाले २ सय वटा इन्फ्रारेड चुलो खरिद गरेको थियो । जसमध्ये नगरपालिका भरिका शिक्षिक र पूर्व महिला जनप्रतिनिधिलाई शनिबार नगर प्रमुख विमला राई, उपप्रमुख रमेशकुमार राउत र प्रमुख प्रशासकीय अधिकृत कैलाशबहादुर ठकुराठीले चुलो प्रदान गर्नुभएको हो ।

 

बाकी रहेको चुलो एकल महिला र विधुर पुरुषलाई प्रदान गरिने नगर प्रमुख राईले बताउनुभयो । देश बाहिर जाने रकमलाई अध्याधिक रकमलाई रोक्न विद्युतीय चुलोको प्रयोगलाई नगरपालिकाले जोड दिएको प्रमुख राईको भनाइ छ । ‘आजभोली धेरैले ग्यास प्रयोग गर्न थालिसकेका छन्, जसले गर्दा हाम्रो अध्याधिक रकम अन्य देशमा जान्छ, विद्युतीय चुलो प्रयोग गर्दा विद्युतको महसुल तिर्नु परेपनि आफ्नै देशमा रहन्छ ।’नगर प्रमुख राईले भन्नुभयो ।

चालु आर्थिक वर्षबाट सुरु गरिएको यो कार्यक्रम निरन्तर चल्ने छ । ‘विद्युतीय चुलो प्रयोग गर्दा विद्युत महसुल सधाको भन्दा बढी उठ्छ्, त्यसैले महसुल तिर्न सक्ने र ग्यास प्रयोग गरिरहेकाहरुलाई यो वर्ष प्रदान गरेका छौँ । आगामी वर्ष सबै ब्यक्तिहरुलाई विद्युतीय चुलो वितरण निरन्तर गर्ने नगरपालिकाको लक्ष्य छ ।’

प्रकाशित मिति : ९ असार २०८०, शनिबार ००:००  ९ : ५१ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली