८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिप्रुङ चुइचुम्मा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा

दिप्रुङ चुइचुम्मा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा



खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । जन्मिएदेखि २३ महिनासम्मका सबै बालबालिकालाई नेपाल सरकारले तोकेको १३ प्रकारका खोप लगाएको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्ण खोप सुश्चितता गाउँपालिका घोषणा गरिएको हो ।

गाउँपालिकाका सातवटै वडामा रहेका ०–१५ महिनाका जम्मा २९० बालबालिका तथा १६–२३ महिनासम्मका १४३ बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको सूचना अधिकारी पिएसपी चाम्लिङले जानकारी दिनुभयो । गाउँपालिका प्रमुख लोकेन्द्र राईको अध्यक्षता तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यमा गाउँपालिकालाई बिहीबार औपचारिक रुपमा पूर्ण खोप सुश्निचितता गाउँपालिका घोषणा गरिएको हो ।

गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, नेपाली काँग्रेसका नेता केशवराज कार्की, गाउँपालिका उप प्रमुख अरुणा थापामगर, प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राई, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख पुण्यप्रसाद सिग्देल लगायतको उपस्थिति रहेको थियो । घोषणासभाका अध्यक्ष एवम् गाउँपालिका प्रमुख, प्रमुख अतिथि लागायत सहभागीहरुले पूर्ण खोपको दिगोपनका लागि स्वघोषणापत्रमा हस्ताक्षरसमेत गरेका छन् ।

पूर्ण खोप सुनिश्चितता घोषणासभामा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वम्सेविकालाई सम्मान गरिएको जनाइएको छ । दश स्थानीय तह रहेको खोटाङ जिल्लाका अन्य स्थानीय तहले यसअघि नै आ–आफ्नो पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार ००:००  ७ : ४८ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली