८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङमा तीन दशमलव १५ मेट्रिक टनले किवी उत्पादन बढ्यो

खोटाङमा तीन दशमलव १५ मेट्रिक टनले किवी उत्पादन बढ्यो



खोटाङ । गत वर्षको तुलनामा जिल्लामा यस वर्ष किवी उत्पादन बढेको छ । गत आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षमा ३.१५ मेट्रिक टनले किवी उत्पादन बढेको हो ।

खोटाङमा ४० हेक्टर क्षेत्रफलमा किवी खेती गरिए पनि ३७ हेक्टर क्षेत्रफलमा लगाईएको किवीले मात्रै उत्पादन दिने गरेको छ ।
आर्थिक वर्ष २०७८÷२०७९ मा ३७ हेक्टर क्षेत्रफलमा लगाईएको किवीले २०.३५ मेट्रिक टन उत्पादन दिदा चालू आर्थिक वर्ष २०७९÷२०८० मा ३७ हेक्टर क्षेत्रफलमै लगाइएको किवीले २३.५ मेट्रिक टन उत्पादन दिएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत सन्जयकुमार पण्डितले जानकारीदिनुभयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सोल्मा, नेर्पा, जालपा र प्राय सबै वडामा तथा साकेला गाउँपालिकाको बाँझेच्यानडाँडा, खिदिमा, रतन्छा, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको याम्खा, सप्तेश्वर छितापोखरी, छितापोखरी, टेम्मा, खोटेहाङ गाउँपालिकाको इन्द्रेणीपोखरी, लिकुवापोखरी, वाप्लुखा, सवाकटहरे, बड्कादियाले, सिमपानीमा किवी खेती गरिन्छ ।

जन्तेढुंगा गाउँपालिकाको बोपुङ, चिसापानी, बराहपोखरी गाउँपालिकाको सुन्तले, ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क, जलेश्वरी, महेश्वरी, केपिलासगढी गाउँपालिकाको फेदी, खार्ताम्छा, बासपानी, बाक्सिला, सप्तेश्वर र रावाबेँसी गाउँपालिकाको हौचुरमा किवी खेती लगाइएको छ । जिल्लामा हेवार्ड, एलिसन र रेड किवी लगाइने गरिन्छ ।

कृषि ज्ञान केन्द्रका अनुसार चालू आर्थिक वर्षमा पूमा कृषि तथा पशुपंक्षी फर्म जालपाले ५ लाख ९९ हजार २५०, नमूना कृषि फर्म ऐसेलुखर्क र नमूना कृषि तथा बन नर्सरी व्यवस्थापन केन्द्र ऐसेलुखर्कले किवी खेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत ६÷६लाख अनुदान पाएका छन् ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार ००:००  ९ : २० बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली