१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बञ्चरेडाँडामा फोहोर बोकेर गएका गाडीलाई स्थानीयले रोके, जनप्रतिनिधि नै आन्दोलनमा

बञ्चरेडाँडामा फोहोर बोकेर गएका गाडीलाई स्थानीयले रोके, जनप्रतिनिधि नै आन्दोलनमा



काठमान्डौं । धादिङको धुनिबेँसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सिमानामा पर्ने बञ्चरेडाँडाको ल्यान्डफिल साइटमा स्थानीयले फोहोर लिएर गएका गाडी रोकेका छन् । फोहोर व्यवस्थापन राम्रो नहुँदा प्रभावित भएको भन्दै ककनी गाउँपालिका र धुनिबेँशी १ का स्थानीय आन्दोलित भएका हुन् ।

‘स्थानीयले फोहोरको गाडी रोक्नुभएको छ । सडकमा उत्रिएर विरोध गर्दै हुनुहुन्छ’, ककनी ३ का वडाध्यक्ष घननाथ बजगाईँले भने । उनले पनि स्थानीयको आन्दोलनमा समर्थन जनाएका छन् ।

फोहोर बोकेर गएका गाडी बाटोमै रोकिएका छन् । एक महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बन्धित निकायसँग छलफल गरी समस्या समाधान गर्न निर्देशन दिए पनि चासो नदिएको उनको गुनासो छ ।

फोहोर र मान्छे सँगै बस्न नसकेपछि आन्दाेलनमा उत्रिएको स्थानीय सुमित्रा ढकाल बताउँछिन् । ‘फोहोरले रोग फैलिएको छ । बसेर खाना खान नसकिने अवस्था भएको छ,’ ढकालले भनिन् ।

साभार– सिला पत्र

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार ००:००  ११ : ३० बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली