१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिक्तेलबजारमा इकोन र कण्डमको विक्री बढ्यो

दिक्तेलबजारमा इकोन र कण्डमको विक्री बढ्यो



खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र तथा सदरमुकाम दिक्तेलबजारमा इकोन र कण्डमको विक्री बढेको पाईएको छ । २१ असारमा माध्यमिक शिक्षा परीक्षा(एसईई) नतिजापछि ग्रेड सुधार गर्नुपर्ने विधार्थीहरु दिक्तेलबजार आएपछि अस्थाई साधनको विक्री बढेको हो ।

दिक्तेलबजारमा सञ्चालित  फार्मेसीहरुसँग कुराकानी गर्दा अन्य समयमा भन्दा यतिबेला पुरुषहरुले प्रयोग गर्ने परिवार नियोजनको अस्थाई साधन कण्डम र असुरक्षित यौन सम्कर्पपछि महिलाहरुले प्रयोग गर्ने आकस्मिक गर्भनिरोध चक्की इकोनको विक्री बढेको फार्मेसीले जनाएको छ ।

पारिवारिक व्यक्तिहरुले अस्थाई साधन लाने गरेकोमा असार अन्तिमपछि अन्य समयमा भन्दा ५ प्रतिशत बढीले इकोन र कण्डमको विक्री हुने गरेको छ । त्यस्ता साधनहरु लिन÷किन्न आउनेमा अधिकांश किशोरावस्थाका(१३ वर्षभन्दा माथि १९ वर्षभन्दा तल) व्यक्तिहरु छन् । न्युन मात्रामा किशोरीहरु पनि इकोन लिन÷किन्न आउने गरेको पाईएको श्रोत बताउँछ ।
समाचार श्रोतका अनुसार आजभोली दैनिक तीन÷चारवटा इकोन र दैनिक पाँच÷छ वटा कण्डम विक्री हुंदै आएको छ । ति साधनहरु किन्न÷लिनलाई किशोरकिशोरीहरु बिहानै र साँझमा बढी आउने गरेका छन् ।

एसईईको ग्रेड सुधार परीक्षा दिक्तेलमा हुने भएपछि यतिबेला दिक्तेलबजारमा विधार्थीको राम्रै चहलपहल बढेको छ । समाचार श्रोतका अनुसार करीव १ हजार ५०० जना विधार्थीले एसईईको ग्रेड सुधार परीक्षा दिंदैछ । ग्रेड सुधार परीक्षा साउन २६ र २७ गते हुंदैछ ।

एकजना अभिभावकका अनुसार ‘आफूले कम नम्बर ल्याएर ग्रेड सुधार गर्न आएको छु, मेहेनत गर्नुपर्छ’ भन्ने नै भुलेर किशोरकिशोरीहरु नजानिदो तवरले कुलतमा फसिरहेका छन् । अहिले प्रायः होटलहरु छिर्दा परीक्षार्थी किशोरकिशोरीहरु सँगै बसेर मध्यपान, धुम्रपान गरिरहेका भेटिन्छन् । ति अभिभावक थप्छन्, ‘दिक्तेलबजारको पूरानो वेसक्याम पछाडी जैपुरीडाँडामा त साँझपख नै नशालु पदार्थ सेवन गरिरहेका युवायुवतीहरु छ्यापछ्याप्ती भेटिन्छन् ।’ त्यस्तै अल्छेढुंगा आसपसका क्षेत्रमा पनि युवा तथा युवतीले नशालु पदार्थ सेवन गर्ने गरेका छन् ।

ग्रेड सुधार गर्न आएका परीक्षार्थीहरु मेहेनतमा भन्दा साथीभाईको लहैलहैमा लागेको र फेसाइन डिजाइन गर्न आएजस्तो गरेको पाईएको नाम नबताउने शर्तमा अर्का अभिभावक बताउँछन् । आफ्ना छोराछोरीहरु कसरी पढिरहेका छन्, के गरिरहेका छन् भन्नेतर्फ अभिभावक चनाखो नभए किशोरकिशोरीहरु नराम्रो बाटोमा नजाला भन्न सकिन्न यसतर्फ बेलैमा सचते हुन आवश्यक छ । ति अभिभावक भन्छन् ।

‘आफ्नो छोराछोरीलाई अभिभावकले पनि रेखदेख गर्नुपर्यो । क्लिनिक र फार्मेसीहरुलाई जो पायो त्यहिलाई बेच्नुबाट सचेत गराउनुपर्यो, पैसा कमिन्छ भन्दैमा विद्यार्थीलाई बेच्नु गलत हो ।’ एक अभिभावकले भने ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार ००:००  ७ : ४८ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली