५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगामी असोज ३-१० गतेसम्म अर्खौलेमा पुराण लगाइने (भीडियोसहित)

आगामी असोज ३-१० गतेसम्म अर्खौलेमा पुराण लगाइने (भीडियोसहित)



खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले सामाजिक गुठी व्यवस्थापन समितिले मन्दिर निर्माणका लागि पुराण लगाउने भएको छ । अर्खौलेबजारबाट केही पर भन्ज्याङटोलमा जीर्ण अवस्थामा रहेको भिमसेन मन्दिरलाई स्तरोन्नती गरी नयाँ बनाउन पुराण लगाईने भएको हो ।

पुराण लगाईने बारेमा गुठीले सोमबार वडा कार्यालय अर्खौलेमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । जानकारी अनुसार ३ असोजदेखि १० असोजसम्म अर्खौलेबजारको ट्रष्टमा सप्ताह ज्ञान महायज्ञ पुराण लगाईने छ ।

भीडियो

https://fb.watch/m-qn2KBHKZ/?mibextid=Nif5oz

सप्ताह ज्ञान महायज्ञमा कथा वाचन गर्न पंडित मदन ढुंगेल र उप–वाचक शिव ढुंगेल आउने कार्यक्रम तय भएको सामाजिक गुठी व्यवस्थापन समिति अर्खौलेका अध्यक्ष तथा सप्ताह ज्ञान महायज्ञका संयोजक रुद्र नारायण श्रेष्ठले बताए ।

पुराणबाट संकलन भएको पैसामध्ये सम्पूर्ण खर्च कटाई बाँकी पैसाले जीर्ण रुपमा रहेको भिमसेन मन्दिरलाई स्तरोन्नती गरी नयाँ बनाईने योजना रहेको श्रेष्ठको भनाई छ । त्यसका लागि सबैलाई सहयोग गर्न श्रेष्ठले आग्रह गरेका छन् ।

गुठीका सदस्य केशव श्रेष्ठले पवित्र कामका निम्ति लगाउन लागिएको पुराणमा आ–आफ्नो क्षेत्रबाट खुलेर सहयोग गर्न अनुरोध गरेका छन् । अर्खौलेका वडाध्यक्ष अर्जुन कुमार पुरीले पुराण लगाउनमा वडाबाट सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

पत्रकार सम्मेलन कार्यक्रममा गुठीका अध्यक्ष श्रेष्ठसहित पदाधिकारी, वडाध्यक्ष पुरी, हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्य संयोजक प्रकाश घिमिरे, स्वास्थ्य चौकी अर्खौलेका प्रमुख विवेक पराजुली, शिक्षक, सुरक्षाकर्मी र स्थानीयबासीको उपस्थिति थियो ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार ००:००  ६ : ०८ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली