८ श्रावण २०८१, मंगलबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडा -४ खाल्लेमा टोल सुधार समिती गठन

वडा -४ खाल्लेमा टोल सुधार समिती गठन



खोटाङ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेस्थित  बास्बोटे टोलसुधार समितिको अध्यक्षमा गीता कट्टेल आचार्य  चयन भएकी छन्  । बिहिवार सुर्योदय युवा क्लवमा सम्पन्न भएको टोल भेलाले आचार्यको अध्यक्षतामा ११ सदस्सीय टोलसुधार समिति गठन गरिएको वडाध्यक्ष खगेन्द्र राईले जानकारी दिनुभयो ।

भेलाले समितिको उपाध्यक्षमा डम्बरप्रसाद पौडेल, सचिवमा मेलिसा श्रेष्ठ , कोषाध्यक्षमा इच्छबहादुर श्रेष्ठलाई चयन गरिएको हो । समितिको सदस्यहरुमा प्रेमबहादुर श्रेष्ठ, मतिराज श्रेष्ठ, पुणर्बहादुर श्रेष्ठ,एकराज श्रेष्ठ,सोमप्रसाद घिमिरे र कान्ता पोख्रेल ढुंगाना चयन भएका हुन् ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्ले साबिकको वडा-१  बुकिफुल डाँडा टोल बिकास समिति नगर उपप्रमुख विसन राईको उपस्थितिमा समिती गठन गरिएको छ । समितिको अध्यक्षमा  रबिसागर राई चयन हुनुभएको छ ।

समितिको उपाध्यक्षमा लोकबहादुर कार्कि, सचिव पुष्पा राई सह-सचिव सन्देश राई, कोषाध्यक्ष सावित्रा राईलाई चयन गरिएको वडाध्यक्ष राईले बताउनुभयो ।

समितिको सदस्यहरुमा पेसल राई,सईन्द्रकुमार राई,सुरेस बस्नेत,देवेन्द्र राई, सीता मतेलाई चयन गरिएको बताइएको छ ।सो कार्यक्रममा वडा सदस्य सिताराम घिमिरे, भुपराज श्रेष्ठ विभिन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार ००:००  ३ : ११ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली