८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङ : गोरु काटेर भोज खाएको आरोपमा पक्राउ परेकालाई रिहाईको माग गर्दै विरोध प्रदर्शन(भिडियोसहित)

खोटाङ : गोरु काटेर भोज खाएको आरोपमा पक्राउ परेकालाई रिहाईको माग गर्दै विरोध प्रदर्शन(भिडियोसहित)



खोटाङ । गोरु काटेर भोज खाएको भन्दै पक्राउ परेकालाई बिना शर्त रिहाई गर्न मंगोल नेशनल अर्गनाईजेशन-डा गोपाल गुरुङ नेतृत्वले दिक्तेलबजारमा विरोध प्रदर्शन गरेको छ ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपास्थित मसानेडाँडामा सोमबार गोरु काटेर भोज खाएको भन्दै प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका अन्दाजी ४५ वर्षीय तेजबहादुर तामाङ, २१ वर्षीय टिकमान तामाङ, ३५ वर्षीय गोपाल तामाङ र रावाबेँसी गाउँपालिका-६ हौंचुरका २७ वर्षीय बादल गुरुङलाई पक्राउ गरेको थियो ।

भिडियो

पक्राउ परेका सबैलाई तत्काल बिना शर्त रिहाईका लागि स्थानीय हेलिप्याडमा जम्मा भई हेलिप्याड-हाँटडाँडा, हाँटडाँडा-जिल्ला समन्वय समिति गेटसम्म विरोध प्रदर्शन गरिएको मंगोल नेशनल अर्गनाईजेशन-डा गोपाल गुरुङ जिल्ला अध्यक्ष खिलाकुमार राईले बताए ।

राईका अनुसार गोरु काटेर भोज खाएका १२० जना मुलबासीहरु विरोध प्रदर्शनमा सहभागि थिए । विरोध प्रदर्शन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बाहिर आधा घण्टा धर्ना दिईएको थियो ।
जिल्ला प्रशासन कार्यालय बाहिर धर्ना दिन अघि बढेका प्रदर्शनकारीहरुलाई प्रहरीले जिल्ला समन्वय समितिको गेटमा रोकेको थियो । जिल्ला समन्वय समितिको गेटमा आएर कोणसभा गरिएको थियो । कोणसभालाई मंगोल नेशनल अर्गनाईजेशन-डा गोपाल गुरुङ जिल्ला अध्यक्ष राई, प्रदेशसभा सचिव रुपेन्द्र पाख्रिन र स्वतन्त्र नागरिक अभियन्ता मोहन गुरुङले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा संस्कृति र अस्तित्वको खोजी गर्नलाई विरोध प्रदर्शन गरिएको बताईएको छ । गोरु काटेर भोज खाने अभियानलाई देशव्यापी बनाईने अध्यक्ष राईले बताए ।

गोरु काटेर खाएको फोटो तथा भिडियो सामाजिक सञ्जालमा हाल्दा सद्भाव भडकिन्छ भन्नेको प्रतिवाद गर्न विरोध गरिएको स्वतन्त्र नागरिक अभियन्ता गुरुङले बताए । गोरु काट्दै गरेकालाई पक्राउ नगरी घरमा काम गरिरहेकालाई पक्राउ गरेकाले बिना शर्त रिहाई नभए थप आन्दोलनको कार्यक्रम तय गरिने गुरुङले बताए ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार ००:००  ८ : ४२ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली