५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले कोशी प्रदेश अधिवेशन : कार्यकर्तामा भिजेका घनश्यामको चुनौती ढकाललाई भारी पर्ने

एमाले कोशी प्रदेश अधिवेशन : कार्यकर्तामा भिजेका घनश्यामको चुनौती ढकाललाई भारी पर्ने



बिराटनगर ।  नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकालले उम्मेदवारी दर्ता गरेका छन् । सहमतिको प्रयास असफल भएपछि दुवै नेताले उम्मेदवारी दर्ता गरेका हुन् । ढकालको समर्थकमा मुकेश बुढाथोकी र प्रस्तावक महेश भट्टराई छन् ।

<span;>खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल र समर्थकमा छत्रपति प्याकुरेल छन् । २१५ सदस्यीय कार्यसमितिका लागि आइतबार मतदान हुनेछ ।

कोशी प्रदेश अध्यक्षका उम्मेदवार घनस्याम खतिवडा एक निष्ठावान पुराना नेता मानिन्छन् । जननेता स्व.मदन भण्डारीबाट पार्टी सदस्यता लिएका खतिवडालाई पार्टी अध्यक्ष केपी शर्मा ओली सहित महासचिव शंकर पोखरेलको समेत भित्री समर्थन रहेको बताइएको छ। पार्टी अध्यक्ष ओलीले घनस्याम खतिवडा पुराना र जनपृय नेता भएकोले उनका नाममा सर्वसम्मत गर्न सङ्गेत गरेका थिए तर अध्यक्षका अर्का प्रत्यासी विनोद ढकालले छोड्न नमानेपछि निर्वाचन निश्चित बनेको हो।

पार्टीमा लामो योगदान गरेका र कार्यकर्तामाझ अति नै भिजेका हुनाले घनस्याम खतिवडाको चर्चा उच्च देखिएको छ। कोशी प्रदेशका अधिकांश शिर्ष नेताहरुको पनि साथ खतिवडालाई रहेको हुनाले उनको जीत सुनिश्चित रहेको नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार ००:००  ८ : ३६ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली