५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा ट्वाँके माइला पक्राउ

पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा ट्वाँके माइला पक्राउ



खोटाङ । पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जन्तेढु्ङ्गा गाउँपालिका–६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राई पक्राउ परेका छन् । आफन्तको घरमा खेल्न गएको बेला मोबाइलमा अश्लिल भिडियो देखाएर शनिबार दिउँसो बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले राईलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

घटनापछि भागेर लुकिछिपी बसेको अवस्थामा अभियुक्त राईलाई शनिबार राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक टीकाराम बरालले जानकारी दिनुभएको छ । “आरोपित ट्वाँके माइला भनिने राजु राईलाई अड्डासार गर्दै जिल्ला ल्याउने काम भइरहेको छ । भौगालिक बिकटताका कारण आइपुगेको छैन”, उहाँले भन्नुभयो, “पीडित पक्षलाई पनि किटानी जाहेरी दिनका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ । पीडित र पीडक दुवै आइपुगेपछि मुद्दा दर्ता गरेर कानून बमोजिम कारबाहीको प्रक्रिया शुरु गरिनेछ ।”

बलात्कृत बालिकालाई प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि गएराति नै छिमेकी जिल्ला उपयपुरस्थित जिल्ला अस्पताल गाईघाट पठाइएको दिप्लुङका वडाध्यक्ष सागर राईले जानकारी दिनुभएको छ । रातारात गरेर उदयपुर पु¥याइएकी बलात्कृत बालिकाको अहिले जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

गाईघाट अस्पतालमा उपचाररत बालिकाको स्वास्थ्य अवस्था नाजुक रहेको जनाइएको छ । बालिकालाई योनीबाट निरन्तर रक्तश्राव भइरहेको अवस्थामा आफन्तले घटनास्थलबाट उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लगेका थिए ।

बालिका बलात्कृत भएको थाहा पाएपछि आफन्तले इलाका प्रहरी कार्यालय चिसापानीलाई खबर गरेका थिए । पीडित पक्षले दिएको जानकारीको आधारमा आरोपितलाई पक्राउ गरिएको र उनले घटनाबारे स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार ००:००  ७ : ०९ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली