८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ : चर्चित गायक राजेश पायल गृह जिल्ला आउँदै

‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ : चर्चित गायक राजेश पायल गृह जिल्ला आउँदै



खोटाङ । चर्चित गायक राजेश पायल राई गृह जिल्ला खोटाङ आउने भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा  आगामी असोज १७ गतेदेखि असोज २१ गतेसम्म हुने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’मा गायक राई दिक्तेल आउने नगरपालिकाले जनाएको छ ।

गायक राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सद्भावना दूत पनि हुन् । गायक राईले असोज २० गते दिक्तेलस्थित सरस्वती माध्यामीक विद्यालयको प्राङ्गणमा सांगीतिक प्रस्तुती  दिने नगर प्रमुख  तीर्थराज भट्टराईले बताउनुभयो ।

जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’को आयोजना गरिएको हो । दिक्तेल बजारमा चित्रकला प्लेन एयर कार्यशाला कला तथा प्रदर्शनीको तयारी तिव्र पारिएको छ । बजार सरसफाईदेखि सजावटका काम तिब्र गतिमा भइरहेको आयोजकले जनाएको छ ।

‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला कला तथा प्रदर्शनी’मा नेपाल सहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियतनाम लगायत १४ देशका ४० जनाभन्दा बढी ख्यातीप्राप्त कलाकारहरूको सहभागीता रहने  छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार ००:००  ८ : १३ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली