५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छ दिनदेखि बेपत्ता बनेकी ६८ वर्षीया वृद्वा दिखुवा खोलाको भीरमा सकुशल फेला

छ दिनदेखि बेपत्ता बनेकी ६८ वर्षीया वृद्वा दिखुवा खोलाको भीरमा सकुशल फेला



खोटाङ ।  छ दिनदेखि बेपत्ता बनेकी ६८ वर्षीया वृद्वा सकुशल फेला परेकि छन् । गत कात्तिक ७ गतेदेखि बेपत्ता बनेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित बसेरीका ६८ वर्षीया जैसीमायाँ ढुङ्गाना सोमबार सकुशल फेला परेकी जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

स्थानीयले दिएको सूचनाका आधारमा बेपत्ता बृद्धालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको दिखुवा खोलाको पुलभन्दा माथि भीरमा फेला पारिएको नाती सुनिल ढुंगानाले बताउनुभयो ।

टिकाको दिन आफन्तको घरमा टिका लगाएर आफ्नो घर फर्कने क्रममा बेपत्ता बनेकी बृद्धा गाउँबाट करिब दुई तीन घण्टा टाढा फेला परेकी हुन् । वृद्धा चोली र पेटीकोट मात्र लगाएको अवस्थामा भेटिएकी छन् । भीरमा बृद्धा फेला परेपछि सर्जमिन मुचुल्का उठाउनका लागि प्रहरी घट्नास्थल पुगेको छ ।

बेपत्ता बनेकी ६८ वर्षीया वृद्वा सकुशल फेला : तस्वीर सागर खनालको फेसबुकबाट

आफन्तलाई चिनेर बोलचाल गरेकी वृद्धाले ‘आफु कसरी भीरमा पुगेको’ भन्ने बारेमा केही बताएकी छैनन् । चार दिनसम्म नभेटिएपछि कात्तिक ११ गते प्रदेश प्रहरी कार्यालय के–नाइन शाखाबाट अनुुसन्धान गर्ने दुई वटा कुकुर ल्याएर वेपत्ताको खोजी सुरु गरिएको थियो तर बेपत्ता फेला नपरेपछि तालिम प्राप्त कुकुरलाई आइतबार फिर्ता पठाइसकिएको छ ।

श्रीमान शिवप्रसाद ढुंगानासँग आफन्तको घरमा टिका लगाएर फर्कने क्रममा जैसीमायाँ बेपत्ता भएकी थिईन् । घरभन्दा करिब दुई÷तीन मिनेटमाथि डाँडाबाट श्रीमान अघि लागेर घर झरेको तर केही पछि छाडिएकी जैसीमायाँ बेपत्ता भएकी थिईन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार ००:००  १२ : ४१ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली