२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केपिलासगढी : २० औं महिला सामुदायीक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता

केपिलासगढी : २० औं महिला सामुदायीक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता



खोटाङ । ‘स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायीक स्वास्थ्य स्वयमसेविकाको संयुक्त प्रयास’ भन्ने नारासहित केपिलासगढी गाउँपालिकाले २० औं महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता गरेको छ । मंगलबार गाउँपालिकाले २० औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा पालिकाभरिका सातै वडाका स्वास्थ्य संस्थामा कार्यरत महिला स्वयमसेविकाहरूका लागि हाजिरी जवाफ प्रतियोगिता गरेको हो ।

हाजिरी जवाफ प्रतियोगितामा पालिकाको वडा–२ खार्ताम्छा स्वास्थ्य चौकीमा कार्यरत महिला स्वयमसेविकाहरू प्रथम स्थान हासिल गर्न सफल भएका छन् । यस्तै, द्धितिय स्थान हासिल गर्न वडा–५ सप्तेश्वर सफल भएको छ भने तृतिय स्थान ओगट्न वडा–७ स्वास्थ्य चौकीमा कार्यरत महिला स्वयमसेविकाहरू सफल भएका हुन् ।

हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुनेलाई नगद दश हजारसहित प्रमाण–पत्र, द्धितियलाई नगद सात हजारसहित प्रमाण–पत्र र तृतिय हुनेलाई नगद पाँच हजारसहित प्रमाण पत्र प्रदान गरिएको गाउँपालिकाका प्रमुख समिर राईले बताउनुभयो । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले सामुदायिक स्वास्थ्यमा योगदान र्पुयाउदै आएका छन् । प्रमुख राईले भन्नुभयो, “विशेष गरी मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य, प्रजनन् स्वास्थ्य, परिवार योजना, आदिका विषयमा समुदायमा जनचेतना अभिबृद्धि र सेवा प्रवाह त गरिनै रहेका छन् ।”

गाउँ घरका आमा समूहरूमा छलफलमार्फत जनस्वास्थ्य सम्बन्धी सूचना तथा सेवाहरूको पहुँचमा बृद्धि गराई मातृ शिशु तथा बालबालिकामा रोग लाग्ने दर र तिनको मृत्युमा कमी ल्याउनसमेत प्रमुख भुमिका महिला स्वास्थ्य स्वयमसेविकाले गरेको प्रमुख राईले बताउनुभयो । महिला स्वयंसेविकाहरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै आएका छन् ।

यस्तै, पालिकाले सोही दिवसको अवसरमा सात वडाका स्वास्थ्य चौकीमा कार्यरत उत्कृष्ट स्वास्थ्य स्वयमसेविकाहरूलाई सम्मान गरेको छ । पालिकाको वडा–१ फेदि स्वास्थ्य चौकीमा कार्यरत सरमसरी राई, वडा–२ खार्ताम्छा स्वास्थ्य चौकीमा कार्यरत कृष्णकुमारी राई, वडा–३ बास्पानी स्वास्थ्य चौकीमा कार्यरत लक्ष्मि राई, वडा–४ बाक्सिला स्वास्थ्य चौकीमा कार्यरत देवी गुरुङ, वडा–५ सप्तेश्वर स्वास्थ्य र्चौकीमा कार्यरत धन्जुमाँया राई, वडा–६ दिप्सुङ स्वास्थ्य चौकीमा कार्यरत सिर्जना राई र वडा–७ सुङदेल स्वास्थ्य चौकीमा कार्यरत देउतिमाँया राईलाई क्रमश ः नगद तीन हजारसहित सम्मान पत्रले सम्मान गरिएको बताइएको छ ।

गाउँपालिकाको प्रत्येक वडामा एकजना महिला स्वास्थ्य स्वयंसेविका गरी जम्मा ७५ जना महिला स्वयमसेविका कार्यरत छन् । उनिहरूसबैलाई पालिकाले छाता, व्याग (झोला) र पालिकाको डायरीसमेत वितरण गरिएको बताइएको छ ।

कार्यक्रममा पालिका प्रमुख राई, उपप्रमुख गुरुराज राई, प्रमुख प्रशासकीय अधिकृत बोमबहादुर परियार, वडाध्यक्ष, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, राजनीतिदलका प्रतिनिधि शिक्षकलगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार ००:००  ७ : ५१ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली