८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र कोरियाली नङघ्युप विश्वविद्यालयबीच शिक्षा, कृषि र प्रविधिको क्षेत्रमा सम्झौता

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र कोरियाली नङघ्युप विश्वविद्यालयबीच शिक्षा, कृषि र प्रविधिको क्षेत्रमा सम्झौता



खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र कोरियाली विश्वविद्यालयसँग शिक्षा, कृषि र प्रविधिको क्षेत्रमा सम्झौता भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र नोङघ्युप विश्वविद्यालयबीच मंसिर २८ गते शैक्षिक सूचना आदानप्रदान र विद्यार्थी आदानप्रदानका लागि सहकार्य गर्ने द्धिपक्षिय सम्झौता भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगरप्रमुख तीर्थराज भट्टराई र नोङघ्युप विश्वविद्यालयका कार्यकारी अध्यक्ष डोङ्ग सोचोबीचमा तीन वर्षका लागि शिक्षा, कृषि र प्रविधिको क्षेत्रमा सम्झौता भएको नगरप्रमुख भट्टराईले जानकारी दिनुभयो । नङघ्युप विश्वविद्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबीच शिक्षा, कृषि र प्रविधिको क्षेत्रमा आपसी सहकार्य गर्ने, नगरपलिकालाई सहयोग गर्न नङघ्युप विश्वविद्यालयले कोरियाका विभिन्न नगरपालिकासँग सहकार्य गर्ने  लगायतका सम्झौता भएको हो ।

सम्झौता अवधिमा गरिएका परियोजनाहरू कार्यन्वयन गर्न नङघ्युप विश्वविद्यालयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई सिफारिस गर्ने भएको नगरप्रमुख भट्टराईले बताउनुभयो । उपयुक्त समयमा निश्चित उद्देश्यका साथ आपसी भ्रमणको योजना र विशिष्ट मुद्धाहरू कार्य समुहद्धारा छलफल गर्ने बताइएको छ ।

गत मंसिर २२ गते .नगरपालिकाले कोरियाको शिन आन्सान बिश्वबिद्यालयबीचमा पारस्परिक सहयोग गर्ने द्धिपक्षीय सम्झौता गरेको थियो । गत–१७ मंसिरमा नगरप्रमुख भट्टराई र नगरउपप्रमुख विशन राई भ्रमणका लागि कोरिया जानुभएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार ००:००  २ : २९ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली