५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनेरास्ववियु खोटाङको अध्यक्षमा उपरकोटी, सचिवमा घिमिरे

अनेरास्ववियु खोटाङको अध्यक्षमा उपरकोटी, सचिवमा घिमिरे



खोटाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी खोटाङको अध्यक्षमा विष्णु उपरकोटी चयन भएका छन् । शुक्रबार ऐसेलुखर्क गाउँपालिका-३ ऐसेलुखर्कस्थित त्रिभुवन माध्यमिक विद्यालयमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बढालको प्रमुख आतिथ्यतामा भएको २४ औं जिल्ला अधिवेशनले सर्वसम्मत अध्यक्षमा उपरकोटीलाई जिम्मेवारी प्रदान गरेको हो ।

अधिवेशनको बन्द सत्रले उपरकोटिको नेतृत्वमा ९ जना  पदाधिकारीसहित ३९ सदस्यीय कमिटी चयन गरेको छ। कमिटीको उपाध्यक्षमा क्रमशः सुरेस प्रधान महिला उपाध्यक्षमा शुशिला तिमल्सिना चयन भएका छन् । सचिवमा अभिषेक घिमिरे, सहसचिवमा ईश्वर आचार्य, प्रकाश पौडेल, बिक्रम क्षेत्री र उर्मिला राई चयन भएका हुन् ।


यस्तै, कोषाध्यक्षमा रम्बोहाङ राई चयन भएका हुन्।
निर्वाचित पदाधिकारीलाई सङ्गठनका केन्द्रीय स्थायी कमिटी सदस्य गोपाल नेपालले सफत ग्रहण गराउनु भएको थियो ।


अधिवेशनमा विषेश अतिथि नेकपा (एमाले) केन्द्रीय सदस्य खगेन्द्र राई, रमेश पौडेल, एमाले कोशी प्रदेश लेखा आयोगका सचिव ओमप्रकाश घिमिरे पार्टी अध्यक्ष रामप्रसाद दंगाल र सङ्गठनका महासचिव नरेश रोकाय लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार ००:००  १० : २१ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली