८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खर काट्न गएका वृद्धको भीरबाट लडेर मृत्यु

खर काट्न गएका वृद्धको भीरबाट लडेर मृत्यु



खोटाङ ।  खर काट्ने क्रममा भीरबाट लडेर खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित बरबोटेका खार्पाली कान्छा भनिने ६३ वर्षीय नरबहादुर भुजेलको मृत्यु भएको छ । घर नजिकै भुतेपहरा भनिने भीरमा शुक्रबार बिहान खर काट्न जानुभएका भुजेल आज (शनिबार) मृत फेला पर्नुभएको हो ।

मृतक भुजेल शुक्रबार बिहान खर काट्न भन्दै कचिया र नाम्लो लिएर घरबाट हिँडेपनि पुनः घर नफर्किएको पारिवारिक स्रोतले जनाएको छ । बेलुका अबेरसम्म घर नफर्किएका भुजेललाई स्थानीय बासिन्दा र प्रहरीले खोजी गर्नेक्रममा शनिबार  बिहान करिव ८:३० बजे भीरमुनि मृत अवस्थामा फेला पारेको स्थानीय बासिन्दा एवम् नेकपा एमाले खोटाङका सचिवालय सदस्य राजन बञ्जराले जानकारी दिनुभयो ।

मृतक भुजेलको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लाने तयारी गरिएको इलाका प्रहरी कार्यालय खोटाङबजारले जनाएको छ । एक छोरा र दुई छोरीका बुबा भुजेल छोराछोरीसहित श्रीमतीसँग बस्दै आएका थिए ।

श्रीमानको भीरबाट लडेर मृत्यु भएपछि वृद्धावस्थाका श्रीमती र छोराछोरीको बिचल्ली भएको स्थानीय बासिन्दाले बताएका छन् । भुजेल सदम्पतीको जेठी छोरी भने विवाह गरेर पराइघर गइसकेको जनाइएको छ ।

तीन वर्षअघि आगलागी हुँदा घरगोठ गुमाएका भुजेल परिवार स्थानीय नारायणप्रसाद भट्टराईको घरमा आश्रय लिएर बस्दै आएका छन् । छिमेकीकामा बनीबुतो गरेर श्रीमतीसहित परिवार धान्दै आउनुभएका भुजेलको भीरबाट लडेर मृत्यु भएपछि परिवारको बिचल्ली भएको नेता बञ्जराले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार ००:००  १ : ५३ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली