८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिक्तेल : अनुसन्धान गर्न भन्दै लियो, अख्तियारको टोलिले उजुरीसँग सम्बन्धित कागजात

दिक्तेल : अनुसन्धान गर्न भन्दै लियो, अख्तियारको टोलिले उजुरीसँग सम्बन्धित कागजात



खोटाङ,२ माघ । विभिन्न योजनाहरुको अख्तियारमा उजुरी परेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालयबाट अख्तियार  दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले उजुरीसँग सम्बन्धित कागजपत्र नियन्त्रणमा लिएको बताएको छ ।

बुधबार भोलि अर्थात ३ माघमा “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” विषयक स्थानीय तहस्तरीय अन्तर्क्रिया कार्यक्रम´´ गर्न अख्तियारको टोलि नगरपालिका प्रवेश गरेको बेला उजुरीसँग सम्बन्धित कागजातका प्रतिलिपी नगरपालिकाबाट अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिएको बताएको हो ।

नगरपालिकालाई उजुरीसँग सम्बन्धित कागजात पठाइदिन भनी १५ दिन म्याद राखेर पत्र काटिएको हुन्छ । हामिले दिएको समयसिमा भित्र नगरले ढिला कागजात पठाउने गर्छन तर, दिक्तेल नगरमा चाहिँ म्याद तोकेको १५ दिनभन्दा अघि कार्यक्रम गरिने भएकाले हामिले कागजात लिएका हौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कृष्ण अधिकारीले भन्नुभयो ।

अक्तियारले कस्ता-कस्ता र कतिवटा योजनामा उजुरी परेको छ भन्ने विषयमा बाहिर खुलाएको छैन। अख्तियारलाई जोडेर सामाजिक सञ्जालमा आधारबिनाको पोष्ट प्रचार-प्रसार भएपछी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगरप्रमुख तीर्थराज भट्टराईले सामाजिक सञ्जाल फेसबुकवालमा लेख्नुभएको छ ।

“हामीले बोलाएर अख्तियार आएको हो । साथीहरूले किन हाउगुजी गर्नुभएको ? भोलि नगरमा अख्तियारसँग अन्तरक्रिया छ सरोकारवाला सबैलाई हार्दिक निम्तो छ ।”

नगरप्रमुख तीर्थराज भट्टराईले सामाजिक सञ्जाल (फेसबुक) मा दिनुभएको अभिव्यक्ति ।

सोही विषयमा बुझ्न हामिले मंगलबार राती ९ बजेर २१  मिनेटको समयमा नगरप्रमुख भट्टराईलाई सम्पर्क गर्न खोज्दा उहाँको टेलिफोन सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार ००:००  ९ : ५२ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली