१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा प्रजनन रुग्णता सम्बन्धि शिविर सञ्चालन

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा प्रजनन रुग्णता सम्बन्धि शिविर सञ्चालन



खोटाङ, ८ माघ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले महिलाहरूको प्रजनन रुग्णता सम्बन्धी शिविर सञ्चालन गरेको छ । महिला बालबालिका जेष्ठ नागरिक उपशाखाको आयोजना र स्वास्थ्य शाखाको सहकार्यमा महिलाहरूको प्रजनन रुग्णता सम्बन्धी शिविर सञ्चालन गरिएको महिला बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख ओमसरा राईले जानकारी दिनुभयो ।

माघ ७ गतेबाट शुरु गरिएको शिविरमा वडा–१ स्वास्थ्य चौकी ६४ जना महिलाहरुको स्कृनिङ तथा पाठेघरको मुखको जाँच गरिएको थियो भने पाठेघरको समस्या भएका १३ जना महिलाहरुलाई रिङ पेसरी राखिएको र २ जना महिलाहरुलाई बाहिर रेफर गरिएको महिला शाखा तथा बालबालिका प्रमुख राईले बताउनुभयो । “शिविर सम्पन्न पश्चात सबै वडामा कति जना हुनुहुन्छ, उहाँहरु सबैको सङ्ख्या एकिन भएपछी सुविधा सम्पन्न अस्पतालसँग समन्वय गरेर गाउँपालिकाले उपचारको व्यावस्था मिलाउने छ ।” उहाँले भन्नुभयो ।

माघ ७ गते पालिकाको वडा–१ याम्खाबाट शुरु भएको शिविर आगमी माघ १५ सम्पन्न हुने छ । वडा– २ डाँडागाउँ स्थित ओख्रेस्वास्थ्य चौकीमा भने आज  शिविरमार्फत महिलाको उपचार भइ रहेको छ भने पालिकाको वडा–७ टेम्मा स्वास्थ्य चौकीमा ९ गते, वडा–४ स्वास्थ्य चौकी बतासेमा ११ गते, वडा–६ छितापोखरी स्वास्थ्य चौकीमा १३ गते, वडा–५ स्वास्थ्य चौकी सप्तेश्वर छितापोखरीमा १४ गते र वडा–३ छोरम्बु स्वास्थ्य चौकीमा १५ गते शिविर सञ्चालन गरिने प्रमुख राईले बताउनुभयो ।

शिविरबाट पालिकाभरीका सातै वडाबाट रेफर भएका महिलाहरुलाई उपचारमा लाग्ने सम्पूर्ण खर्च पालिकाले व्योहोर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत चाम्लिङ राईले बताउनुभयो । सो कार्यक्रम गाउँपालिकाको उपाध्यक्षसँगको कार्यक्रम न्यायिक समिती तथा महिला विकास कार्यक्रम अन्तर्गत महिलाहरुको पाठेघरको जाँच तथा उपचार कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले महिलाहरुको लागि प्रजनन रुग्णता सम्बन्धी शिविर सात वटै वडाको प्रत्येक स्वास्थ्य संस्थामा राखेर शिविर सञ्चालन गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पिएस्पी चाम्लिङ राईले जानकारी दिनुभयो । महिला विकास कार्यक्रम अन्तर्गत महिलाहरुको पाठेघरको जाँच तथा परिवार नियोजन सेवा उपचार कार्यक्रम सञ्चालन गरिएको हो ।

 

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार ००:००  २ : ३९ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली