८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटेहाङमा कृषि सञ्जाल गठन

खोटेहाङमा कृषि सञ्जाल गठन



खोटाङ । जिल्लाको खोटेहाङ गाउँपालिकाले कृषि सञ्जाल गठन गर्न थालेको छ । गाउँपालिकाको कृषि शाखा र कृषकबीच पुलको भूमिका निर्वाह गर्नको लागि कृषि सञ्जाल गठन गर्न थालेको  हो ।

गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप कृषि सञ्जाल गठन गर्न थालिएको गाउँपालिका कृषि अधिकृत केशबकुमार झाकाले बताए । गाउँपालिकाले सोमबारदेखि वडा- ४ बडकादियालेबाट सञ्जाल गठन गर्न शुरु गरेको हो ।

गाउँपालिकाले प्रत्येक वडामा एक एक वडा कृषि सञ्जाल गठन गरिने  र आगामी फागुन ११ गतेसम्म गाउँपालिकामा ९ वटा कृषि सञ्जाल गठन हुने छ ।  कृषि सञ्जालको लागि १८ देखि ६० वर्षसम्मका व्यक्तिलाई सदस्य बनाइने छ । सञ्जालको अध्यक्ष तथा उपाध्यक्षसहित ९ देखि ११ जनासम्मको सदस्य रहने व्यवस्था कार्यविधिले गरेको छ । जसमा ३५ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने छ ।

गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष सञ्जालको आमन्त्रित सदस्यको रुपमा रहने अधिकृत झाको भनाइ छ । कृषि सञ्जालमा कृषि पेशा गर्दै आएका, कृषि विज्ञ तथा कृषिसम्बन्धी ज्ञान भएका व्यक्तिलाई प्राथमिकता दिने दिने बताइएको छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार ००:००  १० : २९ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली