५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऐसेलुखर्क गाउँपालिकाका बालबालिकालाई क्षमता अभिवृद्धि तालिम

ऐसेलुखर्क गाउँपालिकाका बालबालिकालाई क्षमता अभिवृद्धि तालिम



खोटाङ । ऐसेलुखर्क गाउँपालिकाका बालबालिकालाई अतिरिक्त कृयाकलापमा सक्रिय बनाउन क्षमता अभिवृद्धि तालिम दिइएको छ । गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गर्दै चार दिने तालिम सञ्चालन गरिएको हो ।

गाउँपालिकाको वडा नम्बर.–२ स्थित जालपा माध्यमिक विद्यालय र लालबौंध आधारभूत विद्यालय, वडा नम्बर.–३ को त्रिभुन उच्च माध्यमिक विद्यालय र वडा नम्बर–६ को शान्तोदय माध्यमिक विद्यालय, वडा नम्बर–७ को मानुका निम्न माध्यमिक विद्यालयका पाँचवटा बाल क्लबको पुर्नगठन गरि पाँचवटा बाल क्लबका २० जना बालबालिका र पाँचजना बाल क्लब संरक्षक शिक्षकको क्षमता अभिवृद्धि सम्बन्धि तालिम दिइएको प्रयास नेपालका कार्यक्रम अधिकृत राजकुमार रिजालले जानकारी दिनुभएको छ । माघ–२३ गते पालिकाको सभाहलमा प्रयास नेपालका अध्यक्ष गुप्तीलक्ष्मी राईको अध्यक्षतामा तथा गाउँपालिका प्रमुख गिरेन्द्रबहादुर राईको प्रमुख आथित्यतामा, विशेष आतिथ्यमा गाउँपालिका उपाध्यक्ष राजेशकुमार राजभण्डारी र अतिथिमा वडा नम्बर–३ का वडाध्यक्ष टेकेन्द्र राजभण्डारी, वडा नम्बर–७ का वडाध्यक्ष अरुण राई, गाउँपालिकका शिक्षा शाखा प्रमुख निरकुमार बस्नेत लगायतको उपस्थितिमा उद्घाटन गरिएको थियो ।

माघ–२६ गते प्रयास नेपालका कोषाध्यक्ष निलु थुलुङ राईको अध्यक्षता तालिम समापन भएको जनाइएको छ । गाउँपालिकासँगको समन्वय तथा जी फाउण्डेशनको आर्थिक तथा प्राविधिक सहयोगमा प्रयास नेपालले आयोजना गरेको तालिमको सहजीकरण परामर्शदाता सन्तोष महर्जनले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार ००:००  ५ : २१ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली