८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगामी फागुन २९ देखी चैत्र ३ गतेसम्म बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने

आगामी फागुन २९ देखी चैत्र ३ गतेसम्म बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने



खोटाङ । जिल्ला स्वास्थ्य कार्यालय खोटाङले दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । ‘पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने नारासहित आगामी फागुन २९ देखी चैत्र ३ गतेसम्मजिल्लाका दशवटै स्थानीय तहमा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई खोप लगाउन अभियान सञ्चालन गरिने भएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाँईले जानकारी दिनुभयो ।

दादुरा–रुबेला खोप अभियान खोप अभियानको अवधिमा जिल्लामा ३९२ वटा खोप केन्द्रमार्फत १४ हजार ८२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको प्रमुख चौलागाँईले बताउनुभयो । खोप अभियानमा ५ वर्षमुनिका बालबालिकालाई छुट भएको नियमित खोप पनि लगाइने छ । जिल्लामा ३९२ जना स्वास्थ्यकर्मी परिचालन गरिने छ । प्रमुख चौलागाँईले भन्नुभयो ।

सन् २०२६ सम्म दादुरा–रुबेला रोग निवारण गर्न नेपाल सरकारको प्रतिबद्धता रहेकोमा नियमित दादुरा–रुबेला खोपको कभरेज ९५ प्रतिशतभन्दा कम भएको कारण खोप अभियान चलाउन लागिएको बताइएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार ००:००  ४ : २१ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली