१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान शुरु

खोटाङमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान शुरु



खोटाङ, २९ फागुन । खोटाङमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान शुरु भएको छ । जिल्लास्तरीय खोप समन्वय समितिको आयोजनामा दिक्तेलस्थित सरस्वती आधारभुत विद्यालयबाट दादुरा–रुबेलाविरुद्धको खोप अभियान शुभारम्भ गरिएको हो

दश स्थानीय तह रहेको जिल्लामा दादुरा–रुबेलाविरुद्धको खोप अभियानका लागि ३९७ वटा खोप केन्द्र निर्धारण गरिएको छ । प्रतिखोप केन्द्रमा एक–एक जना खोप कार्यकर्ता खटाइएको छ । यस्तै, दुई–दुई जनाकादरले ७९४ स्वयंसेवक परिचालन गरिएको छ । खोप पाउनबाट छुट बालबालिकाको द्रुत सर्वेक्षणका लागि ३९५ जना जनशक्ती परिचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ ।

तस्वीर : पत्रकार दमन राई

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार केपिलासगढी गाउँपालिकाका ८७१, ऐसेलुखर्क गाउँपालिकाका ८३०, रावाबेँसी गाउँपालिकाका ७१७, हलेसी तुवाचुङ नगरपालिकाका १ हजार ९६२, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २ हजार ९३१, साकेला गाउँपालिकाका ६८२, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १ हजार ८२, खोटेहाङ गाउँपालिकाका ९७३, जन्तेढुंगा गाउँपालिकाका ७६९ र बाराहापोखरी गाउँपालिकाका ७०० जना बालबालिकालाई खोप दिने तयारी गरिएको छ । नियमित खोप छुटेको अवस्थामा ५ वर्षसम्म छुट खोप तालिका अनुसार नजिकैको खोप केन्द्रमार्फत खोप लगाउन सकिने जिल्ला स्वास्थ्य कार्यालयका छयकुष्ठ सुरभाइजर सुरेन्द्रकुुमार बुढाथोकीले जानकारीदिनुभयो ।

तस्वीर : पत्रकार दमन राई

दादुरा–रुबेलाविरुद्धको खोप अभियान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयाजेक एवम् जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको अध्यक्षतमा भएको थियो । दादुरा–रुबेलाबाट संक्रमित एक जनाबाट १८ जनासम्मलाई संक्रमण सर्ने भएकाले यसलाई कोभिड भन्दा खतरनाक संक्रामक रोग मानिन्छ ।

तस्वीर : पत्रकार दमन राई

 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार ००:००  २ : ४५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली