८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी प्रदेश सरकारको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना

कोशी प्रदेश सरकारको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना



बिराटनगर, ६ असार । कोशी प्रदेश सरकारको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना–२०८१ पास भएको छ । यो पास भएसँगै आगामी आर्थिक वर्षमा सुरुदेखि नै विपदका कार्यहरु गर्न सहज हुने छ । प्रदेश विपद व्यवस्थापन परिषद्को बिहीबार बसेको बैठकले योजना पास गरेको हो ।

मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले योजना पास गरेको हो । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले मातहतका निकायहरुलाई विपदका बेला सबै मिलेर काम गर्नु पर्ने बताउनु भयो । उहाँले प्रदेश सरकारले आपूmले सकेको सहयोग गर्ने र सुरक्षा निकायहरुसँग समन्वय गरेर काम गर्ने बताउनु भयो ।

प्रदेश विपद व्यवस्थापन परिषद् मुख्यमन्त्रीको अध्यक्षतामा रहने कानुनी व्यवस्था छ । बैठकमा विपदका बेला आइपर्ने घटनाहरुलाई मध्यनजर गर्दै गर्नु पर्ने कार्ययोजनाहरुको बारेमा पनि छलफल भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्र् सचिव कमल थापाले बताउनुभयो ।

बैठकमा चालु आर्थिक वर्षको असार ५ गतेसम्म प्रदेशमा विपदमा परेकाहरुलाई गरिएको राहत सहयोगका बारेमा पनि जानकारी दिइएको थियो । प्रदेश सरकारले ७२ लाख ५५ हजार राहत वितरण गरिसकेको छ । सबैभन्दा बढि उदयपुरमा ४९ जनालाई १६ लाख ९५ हजार र कम ओखलढुंगामा १ जनालाई ३० हजार वितरण गरेको छ ।

त्यस्तै विपदबाट प्रभावित भएका परिवारका निजी आवास पनर्निर्माणका लागि १ करोड १४ लाख ४५ हजार खर्च भएको छ । प्रदेश सरकारले जाजरकोटका भुकम्प पीडितलाई समेत १ करोड सहयोग गरेको छ । त्यस्तै मुख्यमन्त्री अत्यावस्यक सेवा केन्द्रका लागि ३ ठाउँमा ६ करोड खर्च गरिसकेको छ ।
विपद व्यवस्थापनका लागि प्रदेश सरकारले सुरक्षा निकायहरुसँग पनि सहयोग र समन्वय गरेर काम गरिरहेको छ ।

प्रकाशित मिति : ७ असार २०८१, बिहिबार ००:००  ५ : १९ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली