८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रभावकारी बन्दै बजार अनुगमन : मापदण्ड विपरित सञ्चालित दुई मासु पसललाई कारबाही

प्रभावकारी बन्दै बजार अनुगमन : मापदण्ड विपरित सञ्चालित दुई मासु पसललाई कारबाही



किशन भुजेल

खोटाङ, ८ असार । खोटाङको सदरमुकाम दिक्तेल बजारमा अनुगमनको कार्यलाई निरन्तरता दिइएको छ । शनिबार विहान जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय,उद्योग वाणिज्य संघ, कर कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको समन्वयमा सदरमुकाम दिक्तेल बजारको भानुचौकदेखी हाटडाँडासम्म अनुगमन गरिएको हो ।

अनुगमकाक्रममा दित्तेलबजारस्थित भानुचौकमा अवैधानिकरूपमा सञ्चालन गरिरहेको मासु पसललाई कारबाही गरेको छ । मापदण्ड विपरित सञ्चालन गर्दै आइरहेका सोल्माली मासू पसललाई पाँच हजार र सविन मिट पसललाई तीन हजार रुपैयाँ जरिवाना गरी अनुगमन समितिले कारबाही गरेको हो । अनुगनकै क्रममा सोही ठाउँको एक पसलबाट असन्तुलित तराजु (किलो काटा) जफत गरिएको जिल्ला प्रशासन कार्यालय खोटाङका प्रशासकीय अधिकृत एवम् अनुगमन समितिका संयोजक हीराधन राईले जानकारी दिनुभयो ।

अनुगमनमा सबै पसलहरूलाई मापदण्ड अनुसार हप्ता दिन भित्र पसल सञ्चालन गर्न आग्रह गरिएको छ । हप्ता दिन भित्र सरकारले तोकेको मापदण्ड अनुसार सञ्चालन नगरेको पाइएमा पसललाई सिल गरिने प्रशासकीय अधिकृत एवम् अनुगमन समितिका संयोजक राईले जानकारी दिनुभयो ।

यसैबीच, अनुगमन समितिले शुक्रबार विहान दिक्तेलबजार अनुगमन गरेर अस्वस्थकर मासु, तरकारी र फलफूल जफत गरेको थियो ।

प्रकाशित मिति : ९ असार २०८१, शनिबार ००:००  २ : २५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली