८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मदन भण्डारीको ७३ औँ जन्मजयन्ती : अस्पतालका १३ जना बिरामीलाई फलफूल वितरण

मदन भण्डारीको ७३ औँ जन्मजयन्ती : अस्पतालका १३ जना बिरामीलाई फलफूल वितरण



खोटाङ, १४ असार । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव मदनकुमार भण्डारीको ७३ औँ जन्मजयन्ती देशभर विविध कार्यक्रम गरी मनाइँदै छ । जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आज (शुक्रबार) देशभर विविध कार्यक्रमको आयोजना गरेको हो ।

जन्मजयन्तीको अवसरमा एमाले खोटाङले जिल्ला अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको छ । अस्पतालमा उपचाररत १३ जना विभिन्न प्रकारका बिरामीको स्वास्थ्य लाभको कामनासहित फलफूल वितरण गरिएको एमाले खोटाङका उपाध्यक्ष कुमार आचार्यले जानकारी दिनुभयो ।

वि. सं. २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ । फाउन्डेसनले जननेता भण्डारीको जन्मजयन्तीको अवसरमा आज राष्ट्रिय सभागृहमा राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रम तय गरेको छ ।

वि. सं. २००९ असार–१४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिएका भण्डारीको वि.सं. २०५० जेठ–३ गते चितवनको दासढुङ्गामा रहस्यमय दुर्घटनामा परी निधन भएको थियो । जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक भण्डारी नेपालको राजनीतिक वृत्तमा मार्क्सवादको नवीन प्रयोगकर्ता तथा विचारक रहेका थिए ।

प्रकाशित मिति : १५ असार २०८१, शुक्रबार ००:००  १ : ०७ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली