२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नक्कली प्रमाण–पत्र प्रयोगमा दोषी ठहर भइ आठ वर्षदेखी फरार रहेका खड्का पक्राउ



खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले शैक्षिक योग्यताको नक्कली प्रमाण–पत्र प्रयोग गरेर सरकारी जागीर खाएको मुद्धामा दोषी ठहर भइ फरार रहेका एक पुरुषलाई पक्राउ गरेको छ । नक्कली प्रमाण–पत्र प्रयोगमा दोषी ठहर भइ आठ वर्षदेखी फरार रहेका बराहपोखरी गाउँपालिका–३ साउनेचौंरका कर्णबहादुर खड्कालाई उदयपुरको त्रियुगा नगरपालिका–११ गाइघाटबाट कात्तिक ३० गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायवउपरीक्षक (डिएसपी) पुरुषोत्तम खड्काले बताउनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत भिमप्रसाद दाहालको जाहेरीले खड्का शैक्षिक योग्यताको नक्कली प्रमाण–पत्र बनाएर प्रयोग गरेको कसुरमा दोषी ठहर भएका थिए । शैक्षिक योग्यताको नक्कली प्रमाण–पत्र बनाएर प्रयोग गरेको भन्दै जाहेरी परेपछि खड्का स्वतः निलम्वनमा परेका थिए ।

शैक्षिक योग्यताको नक्कली प्रमाण–पत्र पेश गरी सरकारी जागीर खाएर भ्रष्टाचार गरेको मुद्धामा विशेष अदालतले २०७२ पुस २७ गते ६ महिना कैंद र १० हजार जरिवाना हुने ठहर गरेपछि खड्का फरार रहेका थिए । प्रतिवादी खड्कालाई मंसिर १ गते जिल्ला अदालतमा पेश गरिएकोमा कैंद भुक्तानको लागि सोही दिन जिल्ला कारागार दिक्तेल चलान गरिएको प्रहरीले बताएको छ ।

 

 

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार ००:००  १ : २३ बजे