खोटाङ, १५ फागुन । कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पीके’ ले बाँसले खोटाङलाई मात्र नभई देशलाई नै आर्थिक समृद्ध बनाउन मद्दत गर्ने बताउनुभएको छ । दिक्तेल बजारमा आयोजित प्रथम राष्ट्रिय बाँस सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोध गर्दै मन्त्री राईले उक्त कुरा बताउनुभएको हो ।
राष्ट्र निर्माण गर्न बाँसमार्फत बाँस उपयोग गरेर जीवन प्रवद्र्धन गर्न सकिने मन्त्री राईको भनाई छ । बाँसको माध्यमबाट रोजगारी सिर्जना गर्न सकेमा बसाईसरको बढ्दो क्रमलाई पनि न्यूनिकरण गर्न सकिने बताउनुभएको छ । मन्त्री राईले बाँस सम्मेलनको सफलताको शुभकामनासमेत दिनुभएको छ ।