खोटाङ, १५ फागुन । नेकपा एमालेका पोलिटब्यूरो सदस्य विशाल भट्टराईले खोटाङलाई बाँसको राजधानी घोषणा गर्न आग्रह गर्नुभएको छ । दिक्तेलमा बिहिबारबाट सुरु भएको प्रथम राष्ट्रिय बाँस सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै पोलिटब्यूरो सदस्य भट्टराईले खोटाङलाई बाँसको राजधानी घोषणा गर्न आग्रह गर्नुभएको हो ।
जसरी देशका विभिन्न ठाउँमा आ–आफ्नो क्षेत्रका राजधानी घोषणा गर्ने गरिएको छ । त्यसैले आजका मिति खोटाङ जिल्लालाई बाँसको राजधानी घोषणा गर्न प्रस्ताव राख्नुभएको हो । संविधान सभा सदस्यसमेत रहेका पोलिटब्यूरो सदस्य भट्टराईले खोटाङमा उल्लेख्य बाँस भएकाले पनि बाँसबाट धेरै कुराको उपभोग गर्न सकिने बताउनुभएको छ । बाँसको माध्यमबाट जिल्लाका नागरिकले रोजगारी पाउनुका साथै आयस्तरमा समेत परिर्वतन गर्न थप टेवा पु¥याउने मद्दत गर्ने छ । पोलिटब्यूरो सदस्य भट्टराईले भन्नुभयो, “बाँसले पर्यावरणलाई स्वच्छ राख्नुका साथै गाउँ–घरमा जाने पहिरोलाई न्यूनिकरण गर्न समेत बाँसको प्रयोग गरिरहेकै छौं ।”
जिल्लाका जनताले आगामी दिनहरुमा बाँसलाई व्यापक उपयोग गरेर लानु पर्नेमा समेत पोलिटब्यूरो सदस्य भट्टराईले जोड दिनुभयो । बाँसको माध्यमबाट आगामी दिनहरुमा आर्थिक वृद्धिमा जनताको जिविको पार्जनसँग पनि जोड्न सकिने छ ।’ पोलिटब्यूरो सदस्य भट्टराईले राजनिति गर्ने नेतृत्वले बाँसको महत्व उजागर गर्दे नीति निर्माण गर्न आग्रह गर्नुभएको हो ।