१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रमुख विपक्षीको प्रश्नः खोइ कहाँ छ दुई तिहाईको सरकार ?

प्रमुख विपक्षीको प्रश्नः खोइ कहाँ छ दुई तिहाईको सरकार ?



काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकार ६ महिनामा पास मात्र भएको बताएको छ । जस्ट पास भएर सम्बृद्धिको सपना पुरा नहुने भन्दै उसले कमजोरी सच्याउन सरकारलाई आग्रह गरेको छ ।

आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार प्रभावकारी हुन नसकेको बताए । आफूहरुले सरकारले समृद्धिको सपनालाई अघि बढाओस् भन्ने चाहेको तर, त्यसअनुसार नीति तथा कार्यक्रम र बजेट नआएको भन्दै उनले भने, ‘खोई कहाँ छ दुई तिहाईको सरकार ? कहाँ छ शक्तिशाली प्रधानमन्त्रीको ओझ ? ’

‘कांग्रेसले प्रधानमन्त्रीको विकल्प खोजेको छैन, राजीनामा मागेको छैन’, उनले भने, ‘तर हामीले प्रशंसा गर्ने गरी सम्बृद्धिमा के काम भयो ? कहाँ पुग्यो पाइप लाइनबाट घरघरमा ग्यास पुर्‍याउने सपना ? हवाई उडानहरु मात्र भए ।’

६ महिनामा सरकार ७ ठाउँमा चुक्यो

कांग्रेस प्रवक्ता शर्माले नेकपा नेतृत्वको सरकार ६ महिनामा ७ ठाउँमा चुकेको औंल्याएका छन् ।

१. राष्ट्रियता

वर्तमान सरकार राष्ट्रियतामा चुकेको उनले बताए । उग्रराष्ट्रवादको नारा दिएर चुनाव जितेको नेकपा सरकारमा आएपछि राष्ट्रियताका मुद्दामा चुकेको उनले बताए ।

२. लोकतन्त्र

सरकारले लोकतान्त्रिक संस्कृति स्थापित गर्न बाँकी नै रहेको प्रवक्ता शर्माले बताए । प्रधानमन्त्री ओलीले १४ वर्ष जेल बसेको, जनताबाट चुनिएर आएको सरकार कसरी लोकतन्त्र विरोधी हुन्छ भन्ने गरेको भन्दै उनले भने, ‘हो, उहाँ जेल वस्नु भएको हो । तर, जेल बसेको र जनताबाट चुनिएको भन्ने शास्त्रीय कुरा बाहेक लोकतान्त्रिक तरित्र पेश गर्न फेल भएको छ ।’

३. संघीयता

कांग्रेसले संघीयता कार्यान्वयनमा सरकार उदासिन भएको आरोप लगाएको छ । संघीयतालाई कमजोर बनाउने, संघीयता विरोधी जनमत बनाउने र संघीयताबाट फर्कन खोजेको आशंका गर्दै उनले भने, ‘सरकारको नियतमा शंका छ ।’

४. सुशासन

सरकार सुशासनमा पनि चुचेको उसको आरोप छ । उपकुलपतिलाई विमानस्थलबाट पक्राउ गरेर प्रधानमन्त्री कार्यालय प्रहरी थाना बनाइएको भन्दै कांग्रेसले सरकारको शैली सुशासनतर्फ लक्षित नभएको बताएको छ । सुन काण्डमा पनि ठूला माछा पक्राउ परिन्छ भनेको स्मरण गर्दै शर्माले भने, ‘ठूला माछाहरु कहाँ गए ?’

५. मूल्यबृद्धि

कांग्रेसले सरकार मूल्यबृद्धि नियन्त्रण गर्न पनि असफल भएको आरोप लगाएको छ । तर, यसबारे सांसदले प्रश्न गर्दा प्रधानमन्त्रीले ‘म सानो छँदा ९० रुपैयाँ तोला ध्यू पाउँथे, अहिले खोजेर हुन्छ भन्नु झन् दुःख भएको कांग्रेस प्रवक्ता शर्माले बताए ।

६. सम्बृद्धि

दुई तिहाई समर्थन भएको सरकारले सम्बृद्धिमा भंग गर्ने संकेत नदेखाएको कांग्रेसले बताएको छ ।

सरकारले नारायणगढ मुग्लिन सडक विस्तार, पशुमा कृतिम गर्भाधानलाई आफ्नो ६ महिनाको उपलब्धीका रुपमा प्रचार गरेको भन्दै उनले भने, ‘दुई तिहाईको सरकार नभएपनि त्यो बाटो बन्थ्यो । कमरेड केपी ओली प्रधानमन्त्री भएका कारण गाउँमा पशुको कृतिम गर्भाधान भयो भन्नु हासउठ्दो हुन्छ ।’

७. न्यायालयमाथि हस्तक्षेप

सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको प्रमुख विपक्षी कांग्रेसको आरोप छ । दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने र अस्वीकार गर्न लगाएर प्रधानमन्त्री स्वंयमले दोहोरो भूमिका खेलेको प्रवक्ता शर्माको आरोप छ ।

प्रकाशित मिति : ४ भाद्र २०७५, सोमबार ००:००  ९ : ४५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली