५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवा सङ्घ हलेसी तुवाचुङ : नगर कमिटी इन्चार्जमा चाम्लिङ, अध्यक्षमा भुजेल

युवा सङ्घ हलेसी तुवाचुङ : नगर कमिटी इन्चार्जमा चाम्लिङ, अध्यक्षमा भुजेल



खोटाङ, २४ असोज । युवा सङ्घ नेपाल हलेसी तुवाचुङ नगर कमिटीको इन्चार्जमा सुवास चाम्लिङ चयन हुनुभएको छ । वडा नं.-५ दुर्छिममा शनिबार भएको युवा सङ्घ नेपालको नगर कमिटीको दोस्रो अधिवेशनले चाम्लिङलाई नगर इन्चार्जमा चयन गरेको हो ।

यस्तै युवा सङ्घको नगर कमिटि सह-इन्चार्जमा राजेन्द्र राई चयन हुनुभएको जनाइएको छ । अधिवेशनले धनकुमार भुजेलको अध्यक्षतमा ७५ सदस्यीय नगर कमिटीसमेत गठन गरेको छ ।

नगर कमिटीको उपाध्यक्षमा लालबहादुर राई, सचिवमा किसन राई, सह-सचिव गणेश राई र कोषाध्यक्षमा सीता राउतलाई चयन गरिएको युवा सङ्घ खोटाङका अध्यक्ष रसकुमार राईले जानकारी दिनुभयो ।

कार्यक्रममा खेलकुद महासङ्घ नेपालका अध्यक्ष रमेश पौडेल, नेकपा एमाले प्रदेश कमिटी सदस्य खडेन्द्र राई, सुरेन्द्र राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख एवम् जिल्ला सचिवालय सदस्य दीपनारायण रिजाल, उपप्रमुख एवम् प्रदेश कमिटी सदस्य विणादेवी राई लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार ००:००  ३ : ३४ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली