११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढीमा नगद र गहना चोरी

धनगढीमा नगद र गहना चोरी



धनगढी । दशैंको बेला कैलालीको धनगढीस्थित एक घरबाट नगद र सुनका गहना चोरी भएको छ । धनगढी उपमहानगरपालिका-४ भगवती टोलका स्थानीय इन्द्रबहादुर सिंहको घरमा चोरी भएको हो ।

सिंहले २ लाख ३० हजार रुपैयाँ नगद र करिब २० तोला सुनका गहना चोरी भएको भन्दै कैलाली गाउँमा रहेको प्रहरी चौकीमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

‘घटनाका सम्बन्धमा अनुसन्धान गर्दै चोरी भएको भनिएको नगद र गरगहनाको खोजी कार्यमा प्रहरी टोली खटाएका छौं,’ एसपी अधिकारीले भने । तेक्वान्दो संघ कैलालीका सचिव रहेका सिंहले आफूहरु दशैं मनाउन पुर्ख्यौली घर डोटी गएका बेला चोरी भएको बताएका छन् ।

छिमेकीलाई घरको रेखदेख गरिदिन आग्रह गर्दै दशैं मनाउन गएको बेला मूल ढोकामा लगाएको ताला फुटाउँदै गरगहना र नगद चोरी भएको भन्दै प्रहरीमा निवेदन दिइएको उनले जनाए ।

सिंहकाअनुसार तीन तोला बराबरका छड्के तिलहरी दुई वटा, तीन तोला बराबरकै दुई वटा मंगलसुत्र, तीन तोला बराबरकै दुई वटा हार, दुई तोला बराबरको दुई वटा सिक्री, दुई तोला बराबरका दुई वटा मंगलसुत्र, तीन तोला बराबरका ६ वटा औंठी, ५० ग्राम बराबरको औंठी लगायतका गरगहना चोरी भएको सिंहले बताएका छन् ।

अनलाइन खबर

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार ००:००  ५ : ४२ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली