११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोका कारण खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गाका यात्रु खुर्कोटमा अलपत्र

पहिरोका कारण खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गाका यात्रु खुर्कोटमा अलपत्र



खोटाङ, २ कात्तिक । निरन्तरको वर्षापछि आएको बाढी र पहिरोका कारण खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गाका यात्रु सिन्धुलीमा अलपत्र परेका छन् । विपि राजमार्ग अन्र्तगत सिन्धुली जिल्लाको खुर्कोटमा पहिरो जाँदा मंगलबार विहानदेखी यातायात सेवा अवरुद्धहुँदा तीन जिल्लाका यात्रु खुर्कोटमा अलपत्र परेका छन् ।

काठमाडौँबाट मङ्गलबार बिहान छुटेको सबै सवारी साधन सिन्धुलीस्थित खुर्कोटमा रोकिएका छन् भने भलबाढी र पहिरोका कारण गाडी रोकिएपछि करिब पाँच हजार यात्रु बीच सडकमै अलपत्र परेका खोटाङ यातायात प्रालीका महासचीव रामकुमार हिङमाङले बताउनुभयो ।

तत्काल पहिरो हटाएर बिच सडकमा अलपत्र बनेका यात्रुको उद्धार गर्न सम्बन्धित निकायले पहल थाल्नुपर्ने यातायात प्रालीका महासचीव हिमाङको भनाई छ । सडकमा पहिरो खस्दा जिल्लाबाट काठमाडौँका लागि छुटेका सवारी साधन बिच बाटोमै रोकिएका छन् भने यात्रुले विहानदेखि खाना खाएका छैनन् ।

निरन्तरको वर्षाका कारण सडकमा पहिरो खसेपछि करिब ४ सय भन्दा बढी सवारी साधन खुर्कोटमै रोकिएको सिन्धुलिका ट्राफिक प्रहरी इन्र्चाज प्रहरी नायब निरीक्षक कृष्णबहादुर क्षेत्रीले बताउनुभयो । वर्षात नरोकीएपछि पहिरोे हटाउन समस्या भएको बताइएको छ ।

सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेस न्यौपानेका अनुसार बिचबाटोमै अलपत्र परेका यात्रुलाई सुरक्षित स्थानमा सारिएको र सडकमा झरेको पहिरोलाई दुई वटा स्काभेटर र नेपाल प्रहरीको टोलीले हटाउने कार्य शुरु गरिएको छ ।

दुई दिनदेदेखि लगातार परेको वर्षापछि आएको बाढी र पहिरोका कारण दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका अधिकांश ग्रामीण सकडसमेत अवरुद्ध बनेको छ । कच्ची अवस्थामा रहेको जिल्लाको सबै ग्रामीण सडक अवरुद्ध भएपछि आवतजावत तथा दैनिक उपभोग्यवस्तुसमेत ढुवानीमा समस्या भएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार ००:००  १२ : २१ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली