११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङमा दिशाबस्न गएका ५३ वर्षीय पुरुषको भीरबाट लडेर मृत्यु

खोटाङमा दिशाबस्न गएका ५३ वर्षीय पुरुषको भीरबाट लडेर मृत्यु



खोटाङ, ८ कातिक । खोटाङमा दिशाबस्न गएका एक पुरुषको भीरबाट लडेर मृत्यु भएको छ । धरान नगरपालिका-१५ भै हाल हङ्कङ बसोबास गर्दै आएका ५३ वर्षीय किशन राईको मृत्यु भएको हो ।

आइतबार साँझ साढेँ पाँच बजेको समयमा भोजपुर जानेक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पास्थित पंखु खोलामा गाडीबाट ओर्ली दिशाबस्न जानेक्रममा सडकबाट दुई सय मिटर तल खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताउनुभयो ।

प्रहरी निरीक्षक साहका अनुसार मृतक राई काठमान्डौँ नागार्जुन नगरपालिका-२ बस्ने ससत्रप्रहरी बलका पूर्व एसपी प्रेम श्रेष्ठसँग घुम्न आएका थिए । मृतक राईको शव आइतबार राती नै जिल्ला अस्पतालमा ल्याइएको जनाईएको छ ।

राईको शव आफन्त आइसकेपछि जिम्मा लगाइने प्रहरीले जनाएको छ । मृतक राईका आफ्न्तलाई सम्पर्क गरि धरानबाट आफ्न्त दिक्तेल आउँदै गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार ००:००  ४ : ०२ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली